• आइतबार-बैशाख-१६-२०८१

करेला खाए लगत्तै नखाऔं यी पाँच चिज

 

तिते करेला स्वादमा तितो भएपनि स्वास्थ्यका लागि भने फाइदाजनक नै रहन्छ । यसको सेवनले शरीरमा इन्सुलिन नियन्त्रण गर्दछ । तर करेला खानेबित्तिकै केही चिजहरु सेवन गर्दा बेफाइदा हुने गर्दछ । करेला खाएलगत्तै दुध, मुला र दहीको सेवन नगर्न पोषणविद्हरुले सल्लाह दिने गर्दछन् । 


– करेला खाएलगत्तै दुधको सेवन नगर्नु उपयुक्त हुन्छ । करेलाको सेवनलगत्तै दुध पिउँदा पेटसम्बन्धित समस्या सिर्जना हुन सक्छ । 


– करेला खाएलगत्तै मुला खानाले कफ र एसिडिटीको समस्या सिर्जना हुन सक्छ । मुला कब्जियतको कारण पनि बन्न सक्छ । 


– करेला खाएलगत्तै दहीको सेवन गर्नुहुँदैन । करेलाको सेवन लगत्तै दही खानाले छाला चिलाउने र एलर्जी देखिन सक्छ ।

 
–करेला खाएलगत्तै भिन्डीको पनि सेवन गर्नुहुँदैन । यसले स्वास्थ्यमा हानी गर्न सक्छ । 


– करोला खाएलगत्तै आँप पनि खानु हुँदैन । यसले मुखको स्वाद बिगार्न सक्छ । जसकारण उल्टी हुने समस्या आउन सक्छ । (साँघु साप्ताहिक, २०८० चैत १२)

प्रतिकृया दिनुहोस