बढ्दाे तस्करी, घट्दाे राजश्व : ७८ लाखको अबैध सामान बरामद
काठमाडाैं । बारा, पर्सा जिल्लाहरूबाट व्यापक रूपमा तस्करी हुने गरेकाे छ । लक्ष अनुसार भन्सार शुल्क नहुने उठेर(संकलन नभएर) राज्यले ऋण लिएर कर्मचारीहरूलाई तलब भत्ता खुवाउनु परेकाे अवस्था छ ।
अर्कातिर प्रमुख भन्सार नाका वीरगञ्जका भन्सारका कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूकाे मिलेमताेमा तस्करी र हुण्डीकाे काराेवार समेत व्यापक भइरहेकाे तथ्यकाे पुष्टि यदाकदा केही ट्रकहरू र हुण्डी काराेवारी पक्राउ परेबाट हुन्छ ।
जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा साे कार्यालय मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज अगाडि ठुला डिब्बे ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा फरक लगभग एक कराेडकाे सामान बरामद गरेकाे थियाे ।
स्रोत खुलाउन नसकेको उक्त तस्करीकाे सामान रू. ७७ लाख ६९ हजार २१ रूपैया बराबरको रहेकाे बारा प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले बरामद सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले बताएकाे छ ।
बारा प्रहरीबाट बरामद सामानकाे विवरण
मिति २०८१/०१/१५ गते बिहान अं.०५:३० बजेको समयमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नं.को ट्रकमा लोड गरेको ग्लास दाना, पेपर बोक्स, रिसाईन गम, मोटर पार्टस, लेडिस सुट र अन्य सामानहरू गरी जम्मा अं.मुल्य रू.४७,७९,४३८।– रूपैयाँ बराबरको बिल भरपाई फरक रहेको सामानको स्रोत खुलाउन नसकेको ।
मिति २०८१/०१/१५ गते बिहान ०५:३० बजेको समयमा वीरगंजबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ५ ख ८२३७ नं.को ट्रकमा लोड गरेको सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य सामानहरू गरी जम्मा मूल्य रू.२९,८९,५८३।– रूपैयाँ बराबरको बिल भरपाई फरक रहेको सामानको स्रोत खुलाउन नसकेको ।

प्रतिकृया दिनुहोस