• शनिबार-श्रावण-१२-२०८१

अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

 

काठमाडौँ, २८ माघ । अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ ।

 

आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

 

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

 

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

 

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस