• शनिबार-श्रावण-१२-२०८१

नवाज शरीफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा

 

इस्लामबाद, २८ माघ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍( पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ ।

 

पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल एन नेताहरूको विजयलाई चुनौती दिँदैै सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ बिजेता घोषित गरेको आरोप लगाएका छन । 


निर्वाचन आयोगले मतगणनाको क्रममा उचित प्रक्रिया नराखेको पीटीआईले जनाएको छ । चुनाव हारेका पीटीआई समर्थित उम्मेदवारहरूले दावी गरे कि पाकिस्तानको निर्वाचन आयोगले नवाज र मरियमलाई नक्कली नतिजाको आधारमा विजयी घोषणा गरेको छ ।
 

 

प्रतिकृया दिनुहोस