• बिहीबार-पौष-११-२०८१

उपरथी निर्मल कुमार थापा रथीमा बढुवा हुँदै

काठमाडौँ । सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरकाे नेतृत्व गरेर शान्ति मिशनमा नेपाल र नेपाली सेनाकाे प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका निभाउँदै आएका नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी(थ्री स्टार जर्नेल) पदमा बढुवा गर्ने फाइल रक्षा मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगेकाे खबर छ । उपरथी थापाकाे रिक्त रथी पदमा बढुवाका  २०८० पुस ११ गते बुधबार जंगी अड्डाले  ७ दिने सूचना प्रकाशन गरेको थियाे ।

 

 रिक्त रथी पदमा पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध ७ दिन भित्र दाबी विरोध गर्न सकिने कानूनी व्यवस्था छ । एक महिना भन्दा अघि २०८० पुस ११ गते बढुवाका लागि सूचना प्रकाशित  भएकाे भएतापनि यसै बिचमा रक्षा सचिव किरणराज शर्मा १५ दिने आशाैच विदामा बसेकाले बढुवामा ढिलाइ भएकाे स्राेत बताउछ ।


सैनिक स्राेतका अनुसार, हाल उपरथी निर्मल कुमार थापाकाे बढुवा फाइल मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेकाले अब बस्ने  मन्त्रिपरिषदबाट बढुवाकाे निर्णय हुने छ ।

 

उपरथी थापा नेपाली सेनामा २०४३ सालमा भर्ना भइ हाल सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डरमा कार्यरत रहेका  छन् । युएनकाे सिरिया मिसनको नेतृत्व नेपाली सेनाले सफलतापूर्वक गर्दै आएको छ ।


सैनिक स्राेतका अनुसार, नेपाली सेनाका उपरथी यम ढकाल २०८० माघ १७ गतेबाट अवकास भएका छन् । अब सहायक रथीद्वय सुनिल श्रेष्ठ र अनुप जंग थापा पनि रिक्त उपरथी(२ स्टार जर्नेल) पदमा बढुवाकाे लाइनमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस