नेपाली सेनाभित्रको भ्रष्टाचार कसले हेर्छ प्रभु ?
श्रीमान सम्पादकज्यू
नेपाली सेनामा मौलाएको भ्रष्टाचारलाई निवारण गर्न साँघुमार्फत सार्वजनिक गर्न चाहेका छौं । तपाईले हाम्रो गुनासोलाई बिना पूर्वाग्रहीरुपमा प्रकाशित गरिदिनुहुन्छ भन्ने आशा राख्दै धन्यवाद दिन चाहन्छौं ।
राजेन्द्र क्षेत्री पूर्व चीफले सेनामा धेरै भ्रष्टाचार गरेका छन् । तीमध्ये आर्थिक भ्रष्टाचार गरी करीब २ अर्ब सम्पत्ति आफ्ना नातेदारको नाममा राखेको बारे विभिन्न समाचार माध्यमहरूमा प्रकाशनमा आए र संसदमाा समेत बहस भएको र राजेन्द्रको विचलित मनस्थिति भइ शक्ति केन्द्रमा भौतारी रहेको हालैको अवस्थाबारे नेपाली सेनालगायत जगतलाई थाहा नै छ । यस्तो समाचारले राजेन्द्र क्षत्री नेपाली सेनाको इतिहासमै पहिलो पटक चीफको हैसियतमा कलंकित भएका छन् ।
नेपाली सेनामा उनी चीफ छँदा आफ्ना नजिकका वा कोसेलीपात चढाउने अधिकृतहरूलाई राम्रो ठाउँमा बर्षौंसम्म ओहोदाले नपुगेपनि निमित्त दिएर पति बनाई राखे । अरु कतिपय जर्नेल वा अधिकृतहरूलाई कामै नलाग्ने बेकम्मा बनाएर राखे । नर्स, सिपाही, कल्र्क, अधिकृत क्याडेट, डाक्टर, इन्जीनियरहरूको भर्नामा अनियमितता गरी आफ्नाहरूलाई मात्र जागिरे बनाए, पदोन्नति र मानार्थ जनरलजस्ता दर्जा त राजेन्द्र चीफको गोजीको पेवा नै थियो भन्दा पनि हुन्छ । यस्ता कार्यले पनि कोही पनि बोलेनन्, तर पाप धुरीबाट करायो ।
उनको परिवार र दाईभाई र नातेदारले समेत नेपाली सेनाको विभिन्न ठाउँमा आर्थिक भ्रष्टाचार गरेका समाचारहरू पत्रपत्रिकामा पढ्दा हामीलाई दुःख लागेको छ । नेपालको कानूनले छुन नसक्ने भन्ने मनोविज्ञानले गर्दा नै सेनाका जर्नेलहरू हाकाहाकी, आर्थिक भ्रष्टाचार मौलाएको हो । यो भ्रष्टाचारको श्रृंखला सुरुगर्ने अर्जुन नरसिंह राणा चीफको पालादेखि राजेन्द्र क्षत्रीसम्मका चीफहरूसम्म कायम रह्यो, अब पूर्णचन्द्र थापाका पालामा के होला प्रतिक्षाको विषय बनेको छ ।
रुक्मा¨त कटवालले सेनालाई कामै नलाग्ने जग्गाहरू खरीदलगायत, कल्याणकारी कोषको दुरुपयोग गर्नसम्म गरे । गौरव शमशेर राणा चीफको जस्तै भ्रष्टाचारको शैली राजेन्द्रलाई चीफका लागि गोप्य रहेन । गौरव शमशेरले सेनाको कल्याणकारी, चुनाव र भूकम्पको रकम गरी करीब खर्बको हाराहारीमा निजी सम्पत्ति जोड्न सफल भए । चीफ गौरवले महांकालको लगभग तीन अर्बको सिभिल हस्पिटल–आर्मी सपिङ कम्प्लेक्सको निर्माणको काम पूरा नभएकोबाट पनि चीफ राजेन्द्रलाई कमिशनको मौका मिल्यो । सुरुमा राम्रँे र शुद्ध मानिएका गौरव शमशेर चीफ भएपछिका केही वर्षमा सेनामा अनगिन्ती भ्रष्टाचार भए ।
अर्बौं अर्ब निर्माणको जिम्मा पाएका जर्नेल नरेश बस्नेत रिटायर्ड भएपछि पनि रथीमा पदोन्नति गर्नेजस्ता हास्यास्पद प्रयास गरे तर सफल भएनन् । त्यस्तै नेपाली सेनामा हवल्दारले गर्ने लेखा जिन्सी तालिममात्र गरेको सेनाको लेखा प्रमुख भुवन अधिकारीलाई उपरथी बनाए, भुवन सेनामा बद्नाम, केटी–बेटी काण्डमा मुछिएका र बहुविवाह गरेका र आफ्नै लेडी अफिसरलाई आफ्नो बनाउने मान्छे हुन्, कानून र सैनिक नियमले भुवनलाई पदोन्नति गर्नै मिल्दैनथ्यो ।
नरेश जर्साब र भुवनको ठूलो पावर नै चीफ गौरवलाई जसरी खुसी पार्नु थियो । राजेन्द्र क्षत्रीका पालामा यही हुलमा उपरथी हुने भाग्यमानीमा परे भुवन । यता धेरै बर्ष पहिलेदेखि नै राजेन्द्रको श्रीमती रीता क्षेत्रीको फर्मायसी खर्च, किट्टी पार्टी, तास खेल्ने पैसाजस्ता पकेट खर्च पु¥याउने रकमको चाँजोपाँजो उनले सिपाही र अधिकृतको सरुवा, भर्ना, शान्तिसेनाबाट जर्नेलहरूले उठाउने गर्थे । राजेन्द्र क्षत्रीको समयमा सरुवा बढुवाबाट हीराका गहना, नगद र मोटो रकमको चर्चा चल्न थाल्यो । पेट्रोल पम्प, या. प. गण, शान्ति सेनाबाट समेत मोटो रकम संकलन हुन थाल्यो ।
चीफ राजेन्द्रका परिवारको कमाउ धन्दा भनेको सेनाको संभार रथी विभाग, कल्याणकारी फण्ड, हेडक्वार्टरको निर्माण, विभिन्न ठेक्कापट्टा कर्णेल निरञ्जन बस्नेत जस्ताहरूको स्वदेश र विदेशको सेटि¨मा खरिद, बहुवर्षीय ठेक्का, आपूर्ति, रासन आपूर्ति, दूध, लत्ताकपडा, निर्माणबाट करोडौं रकम लिने मोलमोलाई गर्ने जस्ता काम ३ बर्षसम्म अति नै भए ।
रमीन्द्र क्षेत्री(अप्रा मानार्थ उ.र.) जो भाई चीफ राजेन्द्रभन्दा कान्छा छन् । रिटायर्ड भएर पनि उपरथीको काँधमा फुली बर्दी दुई तारासहित आधुनिक गाडीमा हिंड्छन् । यसो गर्न नेपाल सरकार वा सेनाको कुन नियमले दिएको छ ? रमीन्द्र म.से. हुन् तर उनलाई विचारा भनी पटक पटक प्रमोशन गरी मानार्थ उपरथीसम्म बन्ने सौभाग्य मिल्यो । लटरम्मै तक्मा पनि पाए ।
घाइते बिरामीलाई समवेदनास्वरुप पुरस्कार वा हेरविचार एकपटक हुन्छ तर रमीन्द्रलाई बहालवाला वार कलेज गरेको जर्नेल सरह पटक पटक पदोन्नति, रिटायर्डपछि र सेवा दलमा जागिर, रिटायर्ड भएपछि पनि फुली, यूनिफर्म, १२÷१५ जना काम गर्ने सिपाही अर्दली, ३÷४ वटा अत्याधुनिक गाडी, ह्वील चियर ६÷७ वटा । कुनै त डेड करोडसम्म पर्ने ह्वीलचियर ? युद्धमा सहदात प्राप्त गर्ने अधिकृतहरू, विल्लादार, जवानहरू र हजारौं घाइते, अपा¨को अवस्था अहिले के छ ? अनि रमीन्द्र चाहिं संविधान, ाियम कानूनभन्दा माथि हुन् ? नेपाल सरकार र नेपाली सेनाका प्रभुहरूलाई लाज लागोस् यो सुविधा दिंदा र लिंदा ! अचम्मको कुरा रमीन्द्रलाई आजीवन सेनाको गाडी, पेट्रोल इन्धन, ड्राइभर दिने गरी चीफ राजेन्द्रले नेपाल सरकारबाट निर्णय समेत गराए । यो निर्णयमा पुनर्विचार होस् ।
रमीन्द्र आफ्नै आँगनमा गोली लागि घाइते भएका हुन्, नेपालको अति विकट दुर्गम भूभागमा लडाई लड्दा पानी पानी भन्दै मृत्यू वरण गरेकाहरूको परिवारले के पाए ? तिनका परिवारको अवस्था के छ ? खै कसले हेरेको छ ? युद्धमा लडाई लडी घाइते, अपांग भएका अधिकृतर अन्य दर्जाले बैशाखीसम्म पनि नपाए ओछ्यानमा लडेका दर्दनाक कथाव्यथा छर्लंगै छन् ।
ती देशभक्त राष्ट्रसेवकका वारेमा कसले वास्ता गरेको छ ? नेपाली सेनाका ती घाइतेहरू आपूm र परिवारलाई साँझविहान खान पनि पाएका छैनन् तर रमीन्द्र एक ब्यक्तिका लागि करोडौंको सुविधा कुन ऐन नियमले दिन्छ हँ ? जसलाई राज्यले करोड पर्ने ह्वील चियर उपलब्ध गरायो । रमीन्द्रले कुन नियम वा कुन स्रोतबाट आफै किन्ने वा कुन संस्थाले दियो ?
प्रस्ट छ यिनले भाई चीफ हुँदा शक्तिको दुरुपयोग गरेर विभिन्न निकायबाट आर्जन गरे । यिनलाई दिइएको आजीवन सुविधा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीले पनि पाएका छैनन् वा पाउेन छैनन् ? यो सुविधाको निर्णय ठीक वा बेठीक के छ पुनर्विचार होस् भनि नेपाल सरकारसँग हामी सकल दर्जा बिनम्र अनुरोध गदैछौं ।
बहुदली ब्यवस्थापछि नेपाली सेनामा मौलाएको संस्थागत भ्रष्टाचार निर्मूल पारी सम्पूर्ण नेपाल देश, नेपाली सेना स्वच्छ बनाएर मुलुकको मुहार बदल्ने कामको सुरुवात यो नागरिक सरकारबाट हुने छ भन्ने आशा गर्दछौं ।
भवदीय : नेपाली सेनाको अधिकृतहरू
जय नेपाल । जय नेपाली सेना ।

प्रतिकृया दिनुहोस