काठमाडौं, ५ पुस । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको बिबादस्पद अभिब्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् ।
‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन’ भन्ने मन्त्री किरातीको अभिब्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्व मन्त्री बाँस्कोटाले अहसहमित दर्ज पनि गरेका छन । उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्योग रहेको गम्भीर आरोपसमेत लगाएका छन ।
‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौंध्द, मुस्लिम आदि) करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म ब्यक्तिगत स्वतन्त्रता हो तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।’
प्रतिकृया दिनुहोस