• बुधबार-पौष-२४-२०८१

साँढे एकतिस लाखभन्दा बढीको अवैध सामानसहित ब्यक्ति नियन्त्रणमा

       बाँके जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारीबाट २०८० मंसिर २८ गते सशस्त्र प्रहरीले करिब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न अवैध सामानको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


        विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य मध्ये १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा रहेका छन् । 

  त्यसैगरी ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री  सहितजिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ५ वस्ने ५० वर्षीय कमल  लुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षीय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ  ।


        सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य करिब ९ लाख ५० हजार रुपैयाँ रहेको पनि सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस