काठमाडौं । ललितपुर महानगरपालिकाले शहरभित्रका अपाङ्ग व्यक्तिलाई नगरका सबैभन्दा सुन्दर स्थानहरुको अवलोकन गराएर ३६औँ अपाङ्गता दिवस मनाएको छ । महानगरलाई अपाङ्गता मैत्री बनाउन कानूनी तथा व्यवहारीक रुपमा उपलब्ध गराएको अधिकारहरुको कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहेको नगरप्रमुख चिरिबाबु महर्जनले बताए ।
आज ३६औँ अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार मनाइएको छ । ललितपुरको पाटन दरबार स्वायर क्षेत्रभित्र आयोजित कार्यक्रममा नगरप्रमुख चिरिबाबु मर्हजनले महानगरले हरेक वर्ष नयाँ कार्यक्रम आयोजना गर्न रुचाउने उल्लेख गरे ।
‘ललितपुर महानगर प्रत्येक वर्ष नौलो र नविन कार्यक्रम गर्न रुचाउँछ । यो वर्ष हामीले महानगरभित्र रहेका विश्व सम्पदा सूचीमा सूचिकृत निकै राम्रा सम्पदाहरुको हाम्रा अपाङ्गता भएका साथीहरु र भाइबहिनीलाई आज अवलोकन गराउने उद्देश्य राखेका छौं, नगरप्रमुख चिरिबाबु मर्हजनले भने ।
महानगरले सुन्दरीचोकबाट दृश्याअवलोकन गराउँन सुरु गरेर मूलचोक, गोल्डेन टेम्पल, केशव नारायण चोकलगायत दरबार स्वायर क्षेत्रको भ्रमण दिनभरी गराउने जनाएको छ । कार्यक्रममा नगर उपप्रमुख मञ्जली शाक्य मर्हजनले अपाङ्गता भएका व्यक्तिहरुलाई हरदम महानगरपालिकाले साथ दिने हिसावले कार्ययोजना बनाउन लागेको बताइन् ।
शाक्यले अपांगता भएका नागरिकलाई शारीरिक रुपमा सामान्य नागरिक भन्दा केही दुर्वल भएपनि त्यसलाई आफ्नो अक्षमताको रुपमा नलिएर मानसिक रुपमा सवल भएर देखाउन अनुरोध पनि गरिन् ।
प्रतिकृया दिनुहोस