• सोमबार-बैशाख-२९-२०८२

शनिबार राति प्रिमियर लिगमा के भयो ?

 

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा न्यूक्यासलले म्यानचेस्टरमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो ।

 

घरेलु मैदानमा न्यूक्यासललाई जिताउनका लागि एन्थोनी गोडोनले ५५औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै न्यूक्यासल तालिकाको ५औं स्थानमा उक्लिएको छ । न्यूक्यासलले १४ खेलबाट २६ अंक बनाएको छ । पराजित भएको म्यानचेस्टर युनाइटेडको समानखेलबाट २४ अंक रहित तालिकाको सातौं स्थानमा झरेको छ ।

 

प्रिमियर लिगमा एभर्टनले नटिङघम फरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको छ । डिओट म्याकनेलले ६७औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई जितायो ।  एभर्टन तालिकाको १८औं स्थानमा रहँदा नटिङघम फरेस्ट १५औं स्थानमा छ । 

 

यस्तै पुछारमा रहेका दुई टिम बर्नलेले सेफिल्ड युनाइटेडमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । बर्नले १९औं तथा सेफिल्ड २०औं स्थानमा रहेका छन् । प्रिमियर लिगमा ब्रेन्टफोर्डले लुटन टाउनमाथि ३–१ गोलको जित दर्ता गरेको छ । जितसँगै ब्रेन्टफोड १९ अंकका साथ १०औं तथा पराजित भएको लुटन भने ९ अंकका साथ १७ औं स्थानमा छ ।

 

यसैगरी आर्सनलले वुल्भ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । आर्सनको १४ खेलबाट ३३ अंक रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलबाट २९ अंक रहेको छ । पराजित भएको वुल्भ्स १३ औं स्थानमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस