• सोमबार-बैशाख-२९-२०८२

जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा

 

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ । दोस्रो महाधिवेसनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेसन गर्ने गरी कार्यतालिका बनाइ घोषणा गरेको हो ।

 


सो पार्टीका अध्यक्ष राउतका अनुसार हालै बसेको पार्टी सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरेको छ । जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ। 

 

वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ । साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।
 

प्रतिकृया दिनुहोस