• सोमबार-बैशाख-२९-२०८२

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

 

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । 

 

छापावाला सुन आज तोलामा एक लाख १९ हजार रुपैयाँमा कारेबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य एक लाख १८ हजार ४ सय ५० कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार चाँदी आज एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

 

प्रतिकृया दिनुहोस