• शनिबार-असोज-५-२०८१

अनारको जुस पिउनुको फाइदा जानौं

 

अनारमा अनेकौं फाइदाजनक तत्व हुने गर्दछ । अझ चिसो मौसममा अनारको जुस पिउनु निकै फाइदाजनक मानिन्छ । अनारमा फाइबर, भिटामिन के, सी, बी, आइरन, पोटासियम, जिंक र ओमेगा–६ फ्याट्टी एसिड हुने गर्दछ । अनारको जुसले शरीरमा आइरनको पूर्ति गरी रगतको कमी हुन पनि दिँदैन । 


–अनारमा एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ, जसले शरीरमा सुजन र जलनको समस्याबाट बचाउँछ । साथै यसको सेवनले तनाव कम गर्न पनि मद्दत गर्दछ । 


–अनारको जुसले पेटको जलनलाई कम गर्दछ । यसले पाचन राम्रो बनाई पेटको समस्याबाट बचाउन मद्दत गर्दछ । 


–अनारको जुसले शरीरमा प्रतिरक्षा विकास गर्न मद्दत गर्दछ । यसमा भिटामिन सी पनि हुने गर्दछ जसले चिसो मौसममा खोकी, रुघा इत्यादिबाट बचाउँछ । 


– अनारको जुस हृदयका लागि पनि फाइदाजनक मानिन्छ । यसले रक्तसंचारलाई सुधार गर्दै कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्दछ । 


–अनारको जुसले रक्तचाप कम गर्न पनि मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८० मंसिर ११)
 

प्रतिकृया दिनुहोस