• शनिबार-श्रावण-१२-२०८१

माघ ६ देखि १३ गतेसम्म ‘इलाम गोल्डकप फुटबल’ हुने

विराटनगर । इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

 

सदरमुकामको ठूलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा नेपाल र विदेशीसहित आठ टिम सहभागी हुने जनाइएको छ ।

 

आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् ।

 

क्लबका महासचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मती सहितका टिम सहभागी हुने बताए । प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।

 

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

 

यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ । क्लबका अध्यक्ष सांगे लामाले करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जजाए ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वसदस्य निरोज खड्गीले प्रतियोगिता सञ्चालन गर्न स्रोत खोजी भइरहेको जनाए ।

 

इलाममा यसअघि फागुन २४ देखि चैत ३ सम्म माइभ्याली गोल्डकप आयोजना गर्ने घोषणा गरिएको थियो । माइभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माइभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।

 

माइभ्याली क्लबका अध्यक्ष दिनेश काफ्लेले रेडहर्ससँगको सहमतिअनुसार माइभ्याली गोल्डकप केही महिनापछि आयोजना गरिने बताए ।

 

 

प्रतिकृया दिनुहोस