• शनिबार-श्रावण-१२-२०८१

विश्वकप छनोट खेल्न यमनी टोली नेपालमा 


काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल खेल्न यमनी टोली नेपाल आइपुगेको छ । 


मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने नेपाल र यमनबीचको पहिलो लेग खेल्न यमनी टोली आज साँझ नेपाल ओर्लिएको हो । यो समूहमा बहराइन पनि छ । बहराइन र

 

नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ । यसअघि यही खेलका लागि यूएई पुगेको नेपाली टोली ४ शून्यले पराजित भएको थियो । 


नेपाल र यमनबीचको खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

 


 

प्रतिकृया दिनुहोस