• शनिबार-श्रावण-१२-२०८१

संघीय गणतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको छ : अध्यक्ष हरिचरण शाह



काठमाडौं । जनता दलका अध्यक्ष हरिचरण शाहले संघीय गणतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको बताएका छन् । 


शनिबार संवैधानिक शासकिय स्वरुप र यसको विकल्प विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले  संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामाथि प्रतिपक्ष पुरातनवादी शासकहरुले प्रहार गरिरहेको टिप्पणी गरे । 


उनले भने, ‘संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको प्रतिपक्ष पुरातनवादी पहिलेका शासकहरुले कसरी गणतन्त्रमाथि प्रहार गरिरहेको छ ? कसले टाउको उचालिरहेका छन् ? यसको कारण के हो त ? हामी गणतन्त्रवादीहरु जो देश निर्माणको बचन दिएका थियौं, त्यो बचन पूरा नगर्ने र कु बाटो हिड्ने, कुकृत्य गर्ने, भ्रष्टाचार गर्ने, नेपालीलाई बेच्ने, हाम्रै गल्तीले हामीमाथि प्रहार भैरहेको छ ।’


अध्यक्ष शाहले स्वतन्त्रतामाथि आघात गर्ने शत्रुहरु मौलाइरहेको टिप्पणी गरे । यस्तो बेला प्राप्त भएको उपलब्धी जाला कि भन्ने चिन्ताले सबै चुप बसेको उनको भनाइ छ । उनले भने, ‘जबसम्म शत्रु लागिरहेका छन् । स्वतन्त्रतामाथि आघात गर्ने शत्रुहरु सलबलाइ रहेको बेलामा हामी चुप लागेर बस्यौँ भने प्राप्त भएको उपलब्धि जाला कि भन्ने डरले ।’

 

 

 

प्रतिकृया दिनुहोस