• शनिबार-श्रावण-१२-२०८१

तानसेन (पाल्पा)को बदलिंदो चित्र(११) : पाल्पाले बिर्सिनै नसक्ने यी व्यावसायिक व्यक्तित्व (१) 

 

हाम्रै बसन्तपुर टोलका व्यावसायी त्रिभुवन श्रेष्ठ, प्रेमका छोरा पुरुषोत्तम श्रेष्ठले घ्यू र जडिबुटी भारतको बनारसमा  निकासी गर्थे । भगवती सेठ्का  छोरा प्रताप प्रधानले बेलायतबाट एसीसीए वा सी ए सरह गरेर नेपालको सेवा  गरिरेहेको छन् । उनका भाई प्रज्वल इन्जिनियर थिए सरकारी  जागिर खाए, पछि क्यानाडामा गए । टक्सारका गंगा बैजुले सिनेमा र फोटोग्राफीमा पाल्पामा मात्र होइन पोखरा, बुटवल, गुल्मी आदि ठाउँमा गइ ठुलो र अविस्मरणीय योगदान दिए । 

 

उनीले त्यसो नगरेको भए पाल्पा सम्बन्धी पुरानो फोटो सायद कसैसंग हुने थिएन होला ।  गोपाल  दुर्गे किशोर फोटो, हरिदेव, दया  फोटो, आदि प्रसिद्ध र उपलब्ध दुकान थिए  फोटो सम्बन्धी । पछि भरत श्रेष्ठ पनि जोडिन आए र राम्रो कामको खोजिमा गोरखापत्र संस्थानमा धेरै वर्ष वरिष्ठ फोटोग्राफर भै काम गरे ।  सावित्री कक्षपतिले समेत नेपाली साहित्यमा ठुलो योगदान र सडक नाटकमा अशेष मल्लसंगको दाम्पत्य जीवनपछि त्यसमा अझ बढी तीब्रता आएको पाइन्छ ।  डिल्ली, मेघ राज, र उनका भाईले नेपालगंजमा होटेल व्यावसाय खोले । बर्तुंगका भट्टराईहरुको देन पनि बिर्सिनै नसकिने उल्लेखनीय छ ।


पाउरोटीको मुखै नदेखेको अवस्थामा समेत व्यावसायिक पाउरोटीको उत्पादन र बिक्री गर्ने भगवती टोलका कन्हैया लाल, उनका भाई हरिले समेत पाल्पालीलाई सस्तोमा घरेलु पाउरोटीको स्वाद चखाए । पद्म पब्लिक स्कुलमा  टुन्ते पिरो र ट्वाक्क स्वाद भएको कचालु पाल्पाका धेरै विद्यार्थीहरुले खाएको, चाखेको हुनु पर्छ । इलामबाट आएकोले भीमसेन टोलमा “इलामेली होटल” खोले, पुण्य होटेल, पाल्पाको विशेष परिकार चुकौनी अचार,हाँसको छोयला टक्सारका व्यावसायीले खुवाए । केवल प्रसाद सिमागैडालगायतले मुठी दान गरि “जनता स्कुल”  २००८ सालमा खोलेर शिक्षा अविस्मरणीय योगदान दिए । 


हाईस्कुल जाने बाटोमा सानुमान कहाँ शीतल चिनी र आँधिखोलाको अल्लो माछा क्रमशः कति मिठो र गुलियो र तिक्खर हुन्थ्यो । बसन्तपुर टोलका उदयबहादुर कहाँ मात्र पाईने दाल्मियाको  “पाईन एप्पल” अन्डाकार बिस्कुट त्यो पनि सिसाको जगमा राखेर नओसिने गरि राख्ने, सना गुठीको पूजामा बच्चाहरुलाई रुमालमा प्रसाद दिने चलन  अहिले सम्झिंदा बालबच्चाप्रतिको विवेदपूर्ण ब्यवहार हो कि भन्ने अनुभूत हुन्छ ।


पाल्पाका घरहरुमा  पनि सेतो घर, “तखा छे”, मेसिन घर, कुड्छे आदि स्मरणीय नामकरण थियो ।  किस्मत बहादुर मुनकर्मी साँच्चिकै किस्मतवाला थिए, शालीन स्वभाव, सबैलाई मद्दत गर्ने, खास गरि आर्थिक मद्दत  गर्थे । उनको घरमा जाँदा उनकी श्रीमतीले सँधै केही न केही खुवाएर अतिथ्यता  गर्नुहुन्थ्यो भनि औषधि व्यावसायी दशरथ मानले भन्ने गर्थे ।


प्रा.डा.विनोद श्रेष्ठ र गोपीकृष्ण शर्मा जसले प्राईभेट जाँच दिएर सर्बोत्कृष्ट नम्बर ल्याएका थिए, ले संयुक्त रुपमा लेखेको लक्ष्मी नारायण श्रेष्ठले “नेपाल परिचय” पुस्तक त्यही आफ्नो नारायण छापाखानाबाट प्रकाशित गरे । “पृथ्वी राज मदन लाल” पुस्तक पसलमा महेन्द्र मालालगायत स्कुलको पुस्तक किन्ने भीड हुन्थ्यो । पदम चन्द श्रेष्ठ अञ्चलाधीश भए, गैह्रा गाउँका पिताम्बर ध्वज खाती मन्त्री भए पंचायतकालमा । उनले चढाएको राजीनामा स्वीकृत भएको उनले राम्दीमा हँुदा सुने भनी हामीले बालककालमा सुनेका थियौं ।

 

मन्त्री हुनु अगाडिनै राजीनामा दिने चलन थियो कि के हो थाहा छैन । छलफल र अनुसन्धानको विषय हुन सक्छ । डा. प्रकाश रेग्मी, डा. भगवान कोइराला, डा. रामेश्वर र उनका भाई,आदिले समेत स्वास्थ्य क्षेत्रमा  र डा. चिरञ्जीवी वैद्य, एन. के. श्रेष्ठले मुटु सम्बन्धमा डीएम गरे, चिरञ्जीवीनेपाल नेपाल राष्ट्र बैंकका गभर्नर र सेबोनका अध्यक्ष  भएर काम गरे ।


घरेलुको सुब्बा र पछि व्यावसायी, नगर प्रमुख भएका गणेश मान महर्जनले पाल्पाली ढाका टोपीको जग बसाए,रुप किशोर, शरद र भारत किशोर  र लाकौल परिवारले लायन्स क्लब र उद्योग बाणिज्य संघलाई सार्बजनिक प्रयोगका लागिश्रीनगर र सडकमा क्रमशः जग्गा दिए ।श्रीनगर डाँडामा बन्देवीलगायत क्षेत्रमा सल्लाको रुख रोप्न राजा वीरेन्द्रले निर्देशन दिए । रुख रोप्न बन कार्यालय र पराजुलीलगायत कर्मचारीहरु लागे क्ष् एसपीआर को कार्यालय टुँडीखेल मुनि हुँदा शाह भन्ने इन्जिनियरले बुटवल जान  परमिट दिन्थे ।

 

दरबारलाई  नेवारीमा “लायकुली” भनिन्थ्यो ।  शोभा शाक्यको सामाजिक सेवा र राजनीतिमा  संलग्नता ,  कमल राज रेग्मी र अच्युत राज रेग्मी पनि राजनीतिमा लागेर उच्च स्थान हासिल गर्न सफल भए । गाइजात्रामा निर्गुण लेख्ने र गाउने बुद्ध रत्न शाक्यको त्यो लगनशीलता अब कहाँ पाउने ?  “हिरोस एण्ड बिल्देर्स अफ नेपाल”का लेखक  र मानब अधिकारवादी नेता ऋषिकेश शाह पाल्पामा जन्मिए, उनले संविधान  लेखनमा र अन्तर्राष्ट्रिय  जगतमा समेत अध्यापन र लेखनबाट नाम कमाए । शाह २०३२ सालमा बी पीसंगै नेपाल आए । चाँदनी जोशी पनि पाल्पामै जन्मे अन्तर्राष्ट्रिय विकाश साझेदारको कार्यालयमा काम गरे ।


कर्पोरेशन भनेर खोलिएको  मट्टीतेल, चिनी, छड, आदि सुपथ मूल्यमा बिक्री गर्थे दान राज र उनका भाई दुर्गा राजले । तानसेनका सबै ब्यापारी माथि  एक पटक करको असुलीमा भक्तपुरका तत्कालीन कर अधिकृतले एक्कासी हजारौ गुणा कर बृद्धि गरि मूल्यांकन गरेर व्यावसायीलाई आतंकित गरेका थिए,  पछि कानूनी उपचार पछि व्यावसायीको पक्षमा निर्णय भए जस्तो लाग्छ ।
दशरथमुनिसंग मानिसहरुको कुनै ठुलो झुण्ड आयो भने कुनै सामुहिक सामाजिक कार्यको  लागि  चन्दा  माग्न आएको भनि सबै लुक्थे । सामाजिक अभियन्ता  थिए दशरथ मुनि शाक्य । बाणिज्य संघको अध्यक्ष, र बौद्ध धर्ममा पनि लागे । हीतमान गुभाजु लगायत अन्यले पालैपालो भगवती, गणेश मन्दिरमा  पूजा नित्य गर्थे । सडकका केशब थापाले  स्कुलमा र क्याम्पसमा हाजिरी जवाफमा सहभागिता र पछि सी डी ओ भए र उनको काका राम बहादुर थापाले, त्रैलोक्य बाजेले धवल पुस्तकालय पुनर्जीवित गर्न ठुलो भूमिका  खेले ।


प्रसिद्ध गायक  र स्वर सम्राट नारायण गोपाल  जनता स्कुलको वार्षिक उत्सवमा  प्राध्यापक आनन्द श्रेष्ठको मित्र नरेन्द्र थापाको माध्यमबाट गीत गाउन तानसेन पुगे, गीत गाएर सबैको मन जिते । साथै, पदम पब्लिक स्कुलको कार्यक्रममा गायक प्रेमध्वज प्रधान गीतारको झंकारसंगै सुमधुर स्वर गुन्जायमान गरेर पाल्पाले विर्सिनै नसक्ने स्मरण छाडे । 


 सुरुमा १० बजेसम्म बत्ति दिने डिजेल चलाउन पहेँलो लुगा  भगुवा बस्त्र लगाउने “लट्टे” भन्थे सायद उनी फोरेमन वा अप्रेटर के थिए । फेरुवाको मिठाई  पचास पैसामा १० वटा र हामी बच्चा र बुवा औषधि गर्नेको नाताले हरियो पातमा  बोनस थप दिन्थिन शीतल पाटीमा श्रेष्ठ न्यूज एजेन्सी  बसेको राजेन्द्रको घरमा । तिहारमा भुइँ चम्पा धेरै बिक्री गर्थे भगवती टोलका गंगा  दाईले । चुरा दुकान थियो तत्कालीन  अवस्थामा हिन्दी र नेपाली  मिश्रण गरि  बोल्ने ती जाति ।  उनीहरु मेहनती थिए र बस्ती नै बसालेर बसेका थिए । भैरवस्थान जाने बाटोमा बतासे डाँडा कटे पछि पश्चिम गाउँ भन्ने नाउ थियो र अद्यापि छ ।


ललितमान चन्द्रमानको त्यो दुकानमा किराना समान जे पनि पाईन्थ्यो । टुँडीखेल खनालहरुको भएको र पछि उनीहरु अन्तै बसाइँ सरेर सो ठाउँ सित्तैमा दिएको भनिन्छ र शिक्षक बनमाली निराकारले यस सम्बन्धी पुष्टि सहित  आलेख पनि लेखेका छन  । विजय सागर साहित्यमा रुची र रचना गर्ने काम गर्थे । भूमि सुधारमा जागिर खाई महिना महिनामा यो पंक्तिकारलाई घरको बहाल चेकमार्फत  दिन्थे ।

 

चोलेश्वर साहित्य र क्याम्पस प्रमुख र हाँस्य विधामा अब्बल छन् । शीतलपाटीमा औषधि  बेच्नेले पछि श्रीनगर होटल खोले । त्यसबखत टेलिफोन कल गर्दा एक्सचेजमा नम्बर माग्नु पर्दथ्यो । आकाशवाणी र एसएलसीको परीक्षाफलको लागि प्राण प्रसाद उदयको योगदान सदा याद रहिरहने छ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)

प्रतिकृया दिनुहोस