मोबाइल बैंकिङ प्रयोगमा जान्नैपर्ने यी कुरा: सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स् बैंकले मोबाइल बैंकिङको प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ । वित्तीय कारोबारमा मोबाइल बैंकिङले जति सुविधा प्रदान गरेको छ, त्यसले सेवाग्राहीको पैसाको सुरक्षाको जोखिम पनि उत्तिकै बढाएको छ । डिजिटल मनिले पैसाको कारोबारलाई सजिलो त बनाएको छ तर सँगसँगै अझ बढी सुरक्षित पनि हुनुपर्ने बनाएको छ । त्यसैले अनलाइन बैंकिङ लिनुभन्दा अगाडि यसका विषयमा सबै जानकारीहरु लिनुपर्छ ।
सिटिजन्स् बैंककाअनुसार अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक बेवसाइटबाट मात्रै प्रयोग गर्ने र आधिकारिक एपमात्रै डाउनलोड गर्नुपर्ने हुन्छ । अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटलाई पासर्वड, पिन, Pattern वा बायोमेट्रिकले अनिवार्य रुपमा लक गर्नुपर्छ । अनलाइन बैंकिङको URL सँधै टाइप गर्नुपर्छ । कहिल्यै पनि Email Link वा अन्य कुनै पनि Hyperlink Click गर्नुे गर्नु हुँदैन । अनलाईन बैंकिङका लागि Multi-Factor Authentication जस्तै Two Factor Authentication, Mobile Number, OTP, Finger Print आदि आदिको प्रयोग गर्नुपर्छ ।
अनेक किसिमको नोटिफिकेसन, अलर्टहरु चाहिँ लिने कि नलिने ?
सिटिजन्स् बैंकका अनुसार सबै किसिमको अलर्ट सेवाहरु लिनुपर्छ त्यसले सेवाग्राहीको खातामा हुने कुनै पनि किसिमको गतिविधिको सूचना तुरुन्तै दिने गर्छ । साथै , आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनुपर्छ र आफ्नो बैंक अकाउन्ट, Password, Pin Code, CVC, OTP, Mpin, Transaction Pin कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन, चाहे त्यसले बैंकको कर्मचारी नै हुँ भनेर फोन किन नगरोस् ।
अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र बेला बेलामा परिवर्तन गरिरहनुपर्छ । यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादीमा सेभ गरेर राख्नु हुँदैन । सकेसम्म सार्वजनिक वाइफाइबाट मोबाइल बैंकिङ वा अनलाइन प्रयोग गर्नु हुँदैन । यदि गरिहालेमा Log Out/Sign Out भए नभएको डबल चेक गर्नुपर्छ ।
त्यसैगरी, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं Up to Date राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नुपर्छ र ATM card हराएको खण्डमा चाहिं तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनुपर्छ । यति कुरा पालना गर्यो भने आफ्नो काराबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिने सिटिजन्स्ले आफ्नो सचेतनामा जारी गरेको छ ।
बैंकका कर्मचारीहरुले कहिले पनि कुनै पनि माध्यमबाट OTP, Transaction Pin लगायत खातावालको व्यक्तिगत विवरण माग्दैनन् र यदि कसैले माग्छ भने त्यो सरासर ठगी हो भनेर बुझ्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस