• शनिबार-बैशाख-६-२०८२

सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु

 

सिरहा ५ बैशाख । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ ।

 

जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो ।

 

गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ ।

 

मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए । घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । 

प्रतिकृया दिनुहोस