सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका-२ पेल्माङका ५६ वर्षीय जसधन राई निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट सख्त घाईते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।
उनको टाउको, घाँटीसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो। मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ।
प्रतिकृया दिनुहोस