• शनिबार-श्रावण-१२-२०८१

शिख नेता खालिस्तानीको हत्या प्रकरण : क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

 

काठमाडौं । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् । 

 


यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए । सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए । गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।
 

प्रतिकृया दिनुहोस