• बुधबार-कार्तिक-७-२०८१

प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्लीसम्म धाउने प्रितम् सिंहका नाति अंगद सिंह पक्राउ

आराेपी अंगद सिंह र प्रितम् सिंह

काठमाडाैं । प्रचण्डलाई प्रधानमन्त्री बनाउन काठमाडाैंदेखि नयाँ दिल्ली दरबारसम्मका शक्ति केन्द्रहरूमा भनसुन र पहल गर्ने व्यक्तित्व प्रितम् सिंह आज (२०८० असाेज २ गते) तनाव परेकाे खबर छ । खबरका अनुसार, प्रितम् सिंहका नाति अंगद सिंहलाई निजकै घरबाट प्रहरी परिसर ललितपुरले पक्राउ गरेकाे छ।


प्रहरी प्रहरी स्राेतका अनुसार, केही समय अघि अंगद सिंहले विवाह समाराेहमा सहभागीहरूमाथि हातपात, गुण्डागर्दी गरेकाे आराेपमा उजुरी परेकाे थियाे ।


आफू समेत सहभागी विवाह भाेजमा अंगद सिंहले मादक पदार्थ सेवन गरेर निम्तालुहरूमािथ हातपात गरेका थिए ।


उक्त घटनामा अंगद सिंहबाट पीडित भएकाहरूले निजलाई कानूनी कारवाही गर्न माग गर्दै  प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए ।

 

पीडितहरूकाे उजुरीका आधारमा अनुसन्धानका लागि आराेपी अंगद सिंहलाई निजकै घर भैंसे पाटीबाट प्रहरी परिसर ललितपुरले २०८० असाेज २ गते पक्राउ  गरेकाे जानकारी हुन आएकाे छ ।

प्रतिकृया दिनुहोस