• शनिबार-श्रावण-१२-२०८१

१९औं एसियाड पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै

काठमाडौं । आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ ।


१९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि सुरु हुँदैछ ।


पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ भने, समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ ।


मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा  र नयाँ खेलाडीहरु धेरै छन् भने,मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ रहेका छन् ।


समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन ।


पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ ।

 

प्रतिकृया दिनुहोस