• आइतबार-असार-९-२०८१

भारतमा भेटियाे कोरोना भन्दा खतरनाक भाइरस, केरलामा पाँच दिन स्कुल बन्द

निपाहले विरामीको दिमागमा असर पार्नुका साथै व्यक्ति कोमामा समेत जान सक्ने

 

नयाँदिल्ली, ३० भदौ । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी विश्वलाई नै अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । 

 

कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।

 

केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ । स‌क्रमित क्षेत्रहरुमा अावतजावतमा राेक लगाइएकाे छ भने हिडडुलमा पनि प्रतिबन्ध लगाइएकाे छ । 

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो विशेष गरी चमेरोमार्फत फैलिन्छ। निपाहको पहिलो केस सन् १९९८ मा मलेसियामा सुँगुर किसानमा भेटिएको थियो । यसको नाम मलेसियाको गाउँबाट बनाइएको थियो, जहाँ यसको पहिलो केस फेला परेको थियो।

 

डब्ल्यूएचओले यो भाइरसलाई इबोला, जिका र कोरोना भाइरसको श्रेणीमा राखेको छ। यो किनभने यसले महामारी फैलाउने क्षमता राख्छ । निपाह भाइरस सामान्यतया जनावर र दूषित खानाबाट सर्ने गर्छ तर हालै यो मानिसबाट सिधै मानिसमा पनि सर्ने गरेको देखिएको छ ।

 

सबैजना निपाह भाइरसको बारेमा चिन्तित छन् किनभने यो भाइरसको मृत्यु दर उच्च छ । पीडितको मृत्युदर ७५ प्रतिशत रहेको अनुमान गरिएको छ । चिन्ताको अर्को कारण यो हो कि अहिलेसम्म कुनै खोप जारी गरिएको छैन ।

 

निपाह भाइरसका लक्षणहरू के के हुन् ? 


निपाह भाइरसमा पीडितलाई उच्च ज्वरो, बान्ता र सास फेर्न समस्या हुने गरेको छ । यसले विरामीको दिमागमा असर पर्न सक्छ र व्यक्ति कोमामा समेत जान सक्छ ।

 

निपाहबाट बच्न के गर्ने ? 

 

निपाह भाइरसबाट बच्नका लागि हामीले केही सावधानीहरू बताइरहेका छौँ, जसलाई अपनाएमा भाइरसबाट बच्न सकिन्छ । 


- कुनै पनि भाइरसबाट बच्ने सबैभन्दा सजिलो र सामान्य तरिका समय समयमा साबुन पानीले हात धुनु हो । यसले भाइरसको जोखिम कम गर्छ ।


- मानिसको सम्पर्कमा नआउनु पनि निपाह भाइरसबाट बच्ने उपाय हो । लक्षणहरू देखाउने व्यक्तिहरूसँग विशेष गरी सावधान रहनुहोस् ।

 

- आफ्नो खानेकुराको सधैं ख्याल राख्नुहोस्, कुनै पनि जनावरको शव नखानुहोस् ।

 

- यदि तपाई आफैंमा निपाहको कुनै लक्षण देखिएकाे छ भने डाक्टरसँग परामर्श गर्नुहोस् ।

 

 

प्रतिकृया दिनुहोस