• शनिबार-श्रावण-१२-२०८१

प्रधानमन्त्रीद्वारा १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ

 

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक समारोहबिच प्रधानमन्त्री दाहालले खेलाडीलाई बिदाइ गरेका हुन् ।


आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् ।


एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यकाबाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका हुन् ।
 

 

प्रतिकृया दिनुहोस