• शनिबार-फाल्गुण-३-२०८१

मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न महानिरीक्षक कुँवरको निर्देशन

 

काठमाडौँ, ८ भदौ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ । 

 

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उहाँले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

 

मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उहाँले आग्रह गर्नुभयो । प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । 

 

महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । मानव बेचबिखन संवेदनशिल विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवा ग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । 

 

सो क्रममा ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्यूरोले गरेका कामकारवाही र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताउनुभयो । 
–––
 

 

प्रतिकृया दिनुहोस