काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसद सत्ता पक्ष र प्रतिपक्षका तीन दलको कब्जामा पुगेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिदै गर्दा सञ्चारकर्मीसँग सांसद परियारले नेपालको संसदीय इतिहास यस्ता घटना विरलै हुने बताए । उनले सभामुखले नै आकस्मिक समयमा दुई जनालाई बोल्न दिएर सदनमा अन्य दलको उपस्थिति छैन भने जस्तो व्यवहार भएको गुनासो गरे ।
उनले भने ‘ सम्भवत नेपालको संसदीय इतिहासमा यस्ता घटना विरलै हुने गर्छ । आज संसदको कारबाहीमा संसद मुलभूत रुपमा सत्ता पक्ष र प्रतिपक्ष पुराना तीन पार्टीको कब्जामा गएको छ । यो सदनमा नेपालको जनमत लिएर आएका धेरै राजनीतिक पार्टीहरुले आफ्ना कुरा राख्न पाएका छैनन् ।
सम्माननीय सभामुख ज्यूले आज सदनमा जम्मा दुईजना सांसदलाई आकस्मिक समयमा बोल्न दिएर सदनमा अरुको उपस्थिति छैन् भन्ने जस्तो एउटा नजिर बसाउनु भएको छ । संभवत संसदीय प्रणालीमा यस्तो विरलै हुने गर्छ । यो हामीले सहन सक्ने अवस्था आज सिर्जना भएको छैन् । ’
प्रतिकृया दिनुहोस