• सोमबार-कार्तिक-५-२०८१

शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाद्वारा आत्महत्या ?

 काठमाडाैं । संयुक्त राष्ट्रसंघको आब्हानमा शान्ति स्थापना कार्यको लागि UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS), दक्षिण सुडानमा तैनाथ  शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको २०८० श्रावण ११ गते मृत्यु भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।


      
 भेरी अञ्चल, जाजरकोट जिल्ला, खलङ्गा गाउँपालिका, वडा नं. ६ निवासी अमल्दार राम बहादुर बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण हेडक्वाटरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।

 

 नेपाली सेनाका अनुसार, हाल निजको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टम पश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भईरहेको छ ।  

 

प्रतिकृया दिनुहोस