• बुधबार-मङ्सिर-१९-२०८१

कमजाेर गणपति र मेजरकाे मनपरीले अधाेगतिमा फस्ट राइफल गण !

 

श्रीमान सम्पादकज्यू, साँघु न्यूज डटकम ।

नेपाली सेनाका हामी पीडित जवान, बिल्लादार र अधिकृतहरूका केही गुनासा पठाएका छाैं, कृपया प्रकाशित गरिदिनु हाेला ।  नारायणहिटी राजदरवामा अहिले फस्ट राइफल गण रहेको छ।  गणपति भक्तपुरका विकाश त्यात श्रेष्ठ रहेका छन्  । याे गणमा सिनिएर मेजरमा अरुण बिक्रम थापा छन्।  अरुण स्टाफ कलेज असफल अधिकृत हुन् ।  अरुणले आफूलाई  गण टुआइसी हुँ, म  गणपति विकाश भन्दा पावरफुल छु भनेर अफिसर मेस, जेसिओ मेस र जवान लाइनमा गफ दिंदै हिड्छन्।

 

गणले गत वर्ष भोजपुरमा सामुहिक तालिम गरेको र  याे पटक पनि सामुहिक तालिम गर्नु परेकोले गणपति विकाशको कमजोरीले बर्सैपिच्छे सामुहिक तालिम गर्नु पर्यो भनेर गणपतिलाई दोष दिन्छन्।  सबै खटनपटन मैले नै गर्ने हो, गणमा विकाशको भन्दा मेरो हैकम चल्छ भनेर अनावश्यक धाक रवाफ दिन्छन्।  आफू हरेक दिन घरमा जान्छन् । तर, श्रीमती, छोरा छोरी बाबु आमा विरामी हुने र सन्धिसर्पण परि समस्यामा परेका जवानहरुले विदाछुट्टी माग्दा तँ जागिर खान आएको होस् कि घर विदा बस्न आएको होस् भनेर हप्काउने गर्छन्। 


   जवानको वेलफेर, बन्दोबस्ती, तालिम, अपरेसन, खेलकुद तर्फ उनको कुनै ध्यान छैन, केवल जुनिएर अफिसर, जेसिओ र जवानहरुलाई कसरी दु:ख दिन सकिन्छ, नचाहिने कुरामा पनि कसरी पेल्न सकिन्छ अनि कताबाट व्यक्तिगत  फाइदा गर्न सकिन्छ भन्ने दाउमा बसेका हुन्छन्। जवानले पाउने टिए डिएको कुनै व्यवस्था छैन, त्यो रकम कता जान्छ कसैलाई थाहा हुन्न।

 

 बसन्त गौतम कर्साहेव गणपति हुँदा मासिक रुपमा टिए डिए पाउने व्यक्तिहरुको नाम युनिट आदेशमा प्रकाशित हुन्थ्यो।  त्यो काम मेजर अरुणको हो नि, उनलाई जवानले पाओस् नपाओस् बाल मतलब छैन,  जवानले किन पाउँदैनन्, युनिट आदेश किन प्रकाशित हुँदैन ? हाम्राे याे गुनासाे कसले सुन्ने ? 


मेजर अरुणले अनावस्यक रुपमा महिला पाहुना मेषमा बोलाएर ती महिलाको भाँडा माझ्न बाद्य पार्छन, तिनका अगाडि हामीलाई हपारेर बहादुरी देखाउँछन्।  जंगी अड्डाका सैनिक सचिव जर्सावको मान्छे हुँ  भनेर अफिसर मेसमा फुर्ति पनि लगाउँछन्।  सन्तोष ढकाल  जर्साव भरतपुरमा फर्स्ट राइफलको गणपति हुँदा हरेक कुरामा कमिसन खाेज्थे,  सन्तोष ढकाल र विश्वनाथ तिमल्सेनाले फर्स्ट राइफललाई  आर्थिक रुपमा ध्वस्त पारेर छोडेका हुन् ।  मेजर अरुणले गरेका गैर व्यवसायिक र मर्यादाहीन क्रियाकलापप्रति गणपति  विकाश जानकार त छन्, तर अरुणलाई कुनै निर्देशन, नियन्त्रण गर्दैनन् ।  किनभने विकाश गणपतिलाई  पनि भक्तपुर घरमा जान भ्याई नभ्याई छ। 


  गणपति  विकाशले पनि भक्तपुरेहरुलाई मेशमा बोलाएर आफ्नो रबैया देखाई रहेका हुन्छन्।  भोजपुरमा हुँदा फर्स्ट राइफलको ओ. आर. आइ. र खेलकुद कस्तो थियो, नारायणहिटीमा आएपछि गण कहाँ पुग्यो, यी सबै गणपति कर्नेल विकाश  र मेजर अरुणको अकर्मन्यताको प्रतिफल हो। गणकाे प्रतिष्ठाका लागि  हामी जवानहरु पसिना बगाई रहेका हुन्छौं, कमाण्ड कमजाेर,  नेतृत्व नालायक हुँदा गणको स्तर गिरेको महसुस हुन्छ।

 

 यहीँ नारायणहिटीमा सँगै रहेको पुरानो गोरख गणको स्तर कहाँ छ, फर्स्ट राइफलको स्तर कहाँ छ ?  सेनाले सबै गण, गुल्मलाई  समान सुविधा दिएको हुन्छ, एकै स्थानमा रहेको पुरानो गोरख गण चाहिं हरेक कुराकाे स्तर माथि हुने, फर्स्ट राइफल गणकाे चाहिं तल किन पुगेको छ ?  यसमा प्रितना र हेडक्वार्टरबाट मूल्यांकन हुन जरुरी छ कि छैन ? बाहिनीपति, पृतनापति जर्सावहरुकाे भूमिका र जिम्मेवारी के हाे ?  हेडक्वार्टरबाट छानविन र अनुसन्धान हाेस् । 

 

तसर्थ, फर्स्ट राइफल गणको असफल गणपति विकाश श्रेष्ठ र आफूलाई गणपति भन्दा वरिष्ठ ठान्ने, सोच्ने तर केही काम नगर्ने मेजर अरुण विक्रम थापा दुवैलाई  संगै दीपायल वा भोजपुरतिर हावा खान पठाउनु पर्यो सैनिक सचिव जर्साहेव। हामी फर्स्ट राइफललाइ फर्स्ट राइफल नै बनाउन चाहन्छौं, त्यसैले हाम्रो गणमा गतिलो व्यवसायिक, इमानदार गणपति पठाउनु, अनि अरुण जस्तो छक्का पन्जा नगर्ने मेजर चाहियाे ।  

 

भन्न पनि लाज लग्छ, मेजर भएर पनि अरुणले दुई माइल पास गर्न सक्तैनन्, मंकी क्रलको डेमो दिन सक्तैनन्।  गणभित्र कसले के गरिरहेको छ, कसरी गरिरहेको छ, किन गरिरहेको छ, कसलाई गरिरहेको छ भन्ने विषयमा हामी जवानहरु अनविज्ञ छैनौ ।  कमाण्ड कमजाेर भएका गणपति र मेजरको फर्स्ट राइफलकाे उन्नतिका लागि चाहिं काम छैन।
 - फर्स्ट राइफल गणका पीडित तथा जवानहरु

प्रतिकृया दिनुहोस