• शनिबार-जेठ-५-२०८१

उताका साडी यताका कवाडी ! समय भए खेलाडी !!

 

(१) ‘लोकतन्त्र कुनै अप्रासगिंक–असान्दर्भिक–अराष्ट्रवादी लहडमा गर्ने चटक हैन । आफू त्यसमा रमाउँदै गर्नेहरुले आफ्नो सहित केहीको तामझाम अपत्यारिलोरुपले बढ्दा अरुले–सर्वसाधारण जनताले के सोच्छन-के कठिनाई महसुस गरेका छन–कालान्तरमा देशको अखण्डतामा के आँच आउला भनेर ख्याल गर्दैनन् भने ती लोकतन्त्रवादी हैनन्  । त्यस्ताहरुलाईमात्र आफ्ना ठान्ने लोकतन्त्र लोकतन्त्र हैन बरु त्यो ठगतन्त्र हो ठगहरुले चलाएको तन्त्र+शिक्षालाई उद्योग र व्यापारको सर्कश बनाएर मेलामा देखाए जस्तै नेपालको चुनावी लोकतन्त्रमा सहभागी राजनीतिक दलहरुले पनि खरिद विक्रीको लागि आफ्नो राजनीतिक व्यापारको प्रदर्शन विराटनगरको शहीद मैदान वा जनकपुरको बाह्र विगाह वा राजधानीको टुँडीखेलमा गरेछन् भने कुनै उदेक मान्नु नपर्ला ।’ (–जेवी सिन्धुलीय । विराटनगर–१०,नेपाल ।) ।


यो एमसीसी–ती नयाँ नागरिक अनि संसदीय ब्यवस्था 
त्यो लिपुलेक–यो महाकाली 
ती माओ–ती मार्क्श–ती विशेश्वर 
समय अनुसार फरक पो हुँदा रहेछन 
रूप पनि फेर्दा रहेछन–कुनै बेला कुनै बेला डायन कुनै बेला महान
समय स्वार्थ अनुसार ! 


आठराई झापालाई क्रान्तिको चरित्र निर्माण गराऊन शुरू गरेको समय 
यात्राहरु : बग्गी–पाऊरोटीको हेलिकप्टर–कोष्टारिका, भियतनाम, साझा माइक्रो 
आदि  


र, भिऊ टाओर–फन पार्क–जग्गा जमिन ब्यवस्थापनको समय ।
लिपुलेक कालापानीको नक्शा छापेको समय 
नेपालीले निर्वाणेको बक्शिस थाप्नु परेको समय 
सुरुङ युद्ध गर्ने भनेर कुर्लिंदाको समय 
उल्टै मनभित्र अँगालो हालीहाल्ने लम्पशारवाद उर्लिंदाको समय 
सत्ताको पक्का भएको समय 
सन्देश सुन्ने सुनाउने गरी रात्रि १२ बजे छक्का भएको समय 
धर्म निरपेक्षतामा आफैं साक्षी बाँचेको समय
धर्म सापेक्ष र धर्मत्ववादले पछि बाँधिएको समय    
कहिले दिल्ली, बेइजिङ त कहिले सिंगापुरको समय 
सिसडौल बञ्चरे डाँडाको मात्रहैन फेर्छन त वालेनले झिंगापुरको समय !
हिजो थियो र भयो क्रान्तिको समय
बिचमा हामीले भोग्यौं मनोक्रान्ति र भ्रान्तिको समय 
केही न केही त अब बोल्नै पर्छ मौनता हैन भन्छ समय
लथालिंग मौनताले नै ल्याएको हो त ऐतिहासिक ट्रेजेडी जस्तो समय 

 

गाउँको माटो छोएर 
समाजवादी निर्णय लिनु भन्दै चुनावमा सान्दाईलाई सम्झिंदाको समय 
दक्षिण एशियालाई उछिन्दै 
सान्दाइलाई विर्सेर सरकारी संस्थान कौडीमा बेच्दाको समय
देश कै ‘पति’ बनाई दिने अश्वासनका उत्सुकता पछि 
आफैँ ग्रैण्ड डिजाइनभित्र पसेर गरेको १२ बुँदे सम्झौताको समय 
सबैलाई समेट्न नसकी गन्हाएका पञ्चलाई मात्र आफ्नो ठान्दा 
लचकपूर्ण विवेकको धस्काईबाट गुमाउनु परेको बहुमूल्य समय 
फेरि गणतान्त्रिक नेताहरूको चर्तिकला हेर्दै 
देश जनताको चिन्ताले भन्ने गरेको सार्थक लोकतन्त्रको समय 
विपक्षी हुँदा अजित पवारलाई सत्ता इडी ले कुल्चेको समय 
अहिले सत्ताले अजितलाई काँधमा राख्दा शरदले बल्ल सम्झे आफ्नो पुरानोे समय 
समयहरु पनि सत्ता पक्षीय र विपक्षमा बहुरुपमा प्रस्तुत हुँदा रहेछन
सत्य ! समयहरु त स्वार्थ अनुसार  क्लब बदल्ने खेलाडी हुँदा रहेछन !  
(हेर्नुहोस् देहायको–स्पष्टीकरण ।) । 

 

(२) “रोटी र कविता सबैले पाउनु पर्छ ।”(–पाब्लो नेरुदा ।) ।“लेखक समाजको एक अङ्ग हुन । र, त्यो समाजमा जे जे भै रहेको हुन्छ त्यसमा उनी सहभागी हुन्छन् । समाजको उत्थान एवं पतन, सङ्घर्ष, सुख–दुःख,आशा–निराशा,अन्याय,उत्पीडन आदिमा उनी पनि सहभागी हुन्छन् ।”(–हरिशङ्कर परसाई । भारत ।) । ‘नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेले “कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ?” र नाटक सम्राट बालकृष्ण शमले “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि” भन्दै नेपालीहरुको आशा र सङ्घर्षमा सहभागी हुनु भएकै हो ।’(–जेवी सिन्धुलीय । विराटनगर–१०,नेपाल ।) ।

 


 
मालिक हजुर कै शहरको सिनेमा हेरेर–टिभी श्रृंखला देखेर–तीर्थ घुमेर  
हजुरलाई हाम्रा दाम पठाऊदै 
हाम्राहरुको लागि भित्र्याएकै छौँ सियो–श्रीचन्दन, पूजा ध्वजा–गञ्जी–कुर्ता–साडी 
चामल–नयाँ नागरिक–ठेला–रिक्शा–साइकल–स्कूटर बाइक–गाडी
खै ट्रक–टिपरबाट पठाएको गिट्टी–बालुवा–ढुंगा चाहिँ कता राख्नु भो हजुरले 
हाम्रो बाटो हुँदै महासागर तीर हिँडेकोमा हजूरको बाँधले छेकेर 
उल्टै पो हाम्रै तीर फर्काइएछ बबुरो यात्री बाढी ।  
सत्य मालिक † हजुरहरु कै निगाहपूर्ण प्राण प्रतिष्ठाबाट चलिरहेको छ 
हाम्रो पराधीन अर्थ ब्यवस्था, नेताहरुको हृदयको धड्कन र नाडी ।
हजुरलाई पनि शुक्रियाँ ! सहज स्वीकार गरिदिनु भएकोमा 
हाम्रा पुरानो माल, खाली शिशी, पत्रु नेताहरु सहितका कवाडी । 
(हेर्नुहोस् देहायको–स्पष्टीकरण ।) । 


(स्पष्टीकरण :  (क) जव राज्यका वैधानिक संयन्त्रहरु राजनीतिक प्रतिशोध लिन वा आफ्नो मनशायलाई पूरा गराउने औजारको रुपमा प्रयोग हुन्छ ,कहाँ रहन्छ मूल्य मान्यताको राजनीति ? वीपीलाई गाली गरेर राजा महेन्द्रको शरणमा गएका जिम्दारहरु लगायतले उन्मुक्ति पाएझैँ राजा ज्ञानेन्द्रको शाही कदमको समर्थन गर्दा विगतको लुटको माफीकरण हुने आशामा काँग्रेसका केही स्थापित नेताहरुको जिव्रो लपलपिएको थियो । अरवपति चौधरीले त भारतबाट वाह वाह गरे कै हुन । एमाले हुँदै अहिले वहाँ काँग्रेसमा हुनुहुन्छ । त्यतिबेला राष्ट्रिय पुँजीपति गोल्छा र दुगडप्रति शाही कदमवादीहरु टेडो आँखाले हेरेकै हुन् । 


पञ्चायतको दोहन गरिसकेपछि पञ्चायतलाई गाली गरेर काँग्रेस पसेका जिम्दारी पञ्चहरुलाई अहिले काँग्रेस घाँडो भएको छ । उनीहरु फेरि नव अवतारहरुले पकाएका मालपुवाको बासना सुँघ्दै त्यतैतिर लश्किन जिव्रो लपलपाउँदै छन् रे भन्ने सुनिन थालिएको छ । 


गएको स्थानीय निर्वाचनमा यस्ता जिम्दारी काँग्रेसले खेलेको भूमिकाले काँग्रेसको स्थापित सिद्धान्त हायलकायल भएकै हो । अहिलेका संसदवादी बामहरुमा अरुले पकाएको मालपुवाको बासनामा जिव्रो लपलपाउनेहरु बढ्दैछन् भन्ने  छनक देखिन थालेको छ । 


अजित पवार उपमुख्यमन्त्री हुँदा रहेछन भन्ने कुनै आश्चर्य रहेन । राजस्व अनुसन्धान,सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागजस्ता संयन्त्रहरु थुत्ने गाभ्नेको पछाडी मिशन थियो । त्यतिबेला हुँदैन भनेर हुइँया गर्नेहरु सत्तामा छन् । यस्ता औजारहरु कुन बेला उपयोगी हुन्छन् भन्ने बुझेकाले सत्तावालाहरु  मौन छन् । नैतिक पतन भैसकेकाहरुले यस्ता सयन्त्रहरु अर्का नैतिक पतन भएकाहरुलाई वा निर्दोषलाई बदला लिने प्रयोजनमा परिचालन गरिन्छ भने त्यहाँ लोकतन्त्र हैन ठगतन्त्रले काम गरेको हुन्छ । 


कवाडी सङ्कलन गर्नेहरुलाई २–३ सय ग्रामको हिसाव नलिएर, मिठो बोलेर मायाँ गर्नुपर्छ । कवाडी सञ्चालकले सङ्कलकहरुसँग त्यति ग्रामको पैसा दिँदैन । खोसार्नी टोक्दै सिरौला मुरई खाएर वेकामे बस्तुहरु सङ्कलन गर्र्दैे वातावरण स्वच्छ राख्न अभियन्ताको भूमिका खेलिरहेका कवाडी सङ्कलकहरु विसङ्गति र विकृति थुपार्ने पत्रु नेताहरु भन्दा त जनउपयोगी हुन्छन् । बरु नेताहरुलाई उपयोग गरिसकेपछि पत्रु बनाएर फ्यालदिएपनि नेपालीहरुले उपयोग गरेका सामानको स्तर राम्रो हुन्छ भनेर होला भारततिर नेपाली कवाडी मनपराइन्छ । 


(ख)उपरोक्त भावनाहरु कसैको उछित्तो काढ्न, निन्दा गर्न, खेदो गर्न सत्तोसराप गर्न खोजिएको हैन । बरु, खबरदारी आलोचनामार्फत पहरेदारी गरिएको हो । सङ्कुचित मनलाई त कित्ताकाट गर्दै कालो सूचिमा राख्न हतार भै हाल्छ । खबरदारी आलोचना शुभेच्छुकले गर्छन् । उछित्तो काढ्ने, निन्दा गर्ने सत्तोसराप गर्ने, खेदो गर्ने भलो नचाहनेले गर्छन् । 


“कसैको निन्दा गर्नु, उछित्तो काढ्नु र खबरदारी आलोचना गर्नु फरक कुराहरु हुन । निन्दा तथा खेदो गर्दा यसले टाढा पु¥याउँछ भने खबरदारी आलोचनाले नजिक ल्याउँछ” भनेर भारतका कथा साम्राट मुन्सी प्रेम चन्दले उहिले नै भन्नु भएको थियो ।) । 


(बिम्ब छविचित्र श्रेय : कवाडी एवं साडी पसल लेखक स्वयंबाट । अरु घडी चाहिँ एडोव स्टक, निर्माता–डेनिश कक्स । ०७ मे ई.सं.२०१४  । मार्फत गूगल इन्टरनेट ०२ जुलाई ई.सं.२०२३ नेपाली समय दिनको ०३.०२ ।)
 

प्रतिकृया दिनुहोस