• बिहीबार-मङ्सिर-६-२०८१

हाफ पाइन्ट लगाएर काभ्रे जिल्ला प्रशासनमा प्रवेश निषेध !

  धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेले हाफ पाइन्ट लगाएको निहुँमा सेवा दिन नमिल्ने भन्दै एक युवालाई फर्काइ दिएको छ।


 आज २०८० असार १० गते बिहान पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे पुगेका एकजना युवालाई हाफ पाइन्ट लगाएको निहुँमा  घर फर्काइ दिएको बताइएको छ।

 

पासपोर्टको लागि पुगेका उनलाई सिडियोबाट नै हाफ पाइन्ट लगाएर आएकोले सेवा दिन नमिल्ने भनेको स्रोतको दावी छ।

 

प्रशासनमा यस्तो नियम कतै नभएर नाटक भएको बुद्धिजीवीहरु बताउछन् । काभ्रेका युवा नेता बदन भण्डारीले पनि यो कुरा प्रशासन कार्यालयको नाटक नै भएको दावी गरे ।


भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन् , "हाफ पाइन्ट लगाएर जिल्ला प्रशासन जानेलाई सेवा दिइएन: काभ्रे जिल्ला प्रशासनले आज बिहान हाफ पाइन्ट लगाएर सेवा लिन आउन नमिल्ने भन्दै एकजना युवालाई फर्काइदिएको छ।

 

ती  युवा पासपोर्टको कामको लागि बिहानै काभ्रे जिल्ला प्रशासनमा पुगेका थिए ? यो कानून संगत छ त ? जानकारहरुले बताइदिन पर्यो। मेरो बुझाइमा यो विषय निन्दनीय छ। अलि नाटक भएन र भन्या ?

 

  उक्त कुरा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख पुण्य विक्रम पौडेलले पनि स्वीकार गरेका छन् । " मैले राम्रो पोसाक लगाएर आउनु भनेको हो । अरु खासै त्यस्तो भनेको छैन " उनले भने ।

 

तर, आम जानकारहरुले भने केही निहुँ नपाएर जनतालाई दु:ख दिन खोजेको आरोपका साथै  आक्राेस पनि व्यक्त गरेका छन् ।


    

 

प्रतिकृया दिनुहोस