काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाबाट बाहिर जाने सवारीसाधन नयाँ बसपार्कवाट मात्रै छुटने भएका छन् ।
काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारीसाधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागु हुन लागेको हो ।
‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकी देखि जडिबुटीसम्म सवारीसाधन रोक्न निषेध गरिएको छ ।’
महानगरद्धारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कवाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ । ‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीवाट नियमानुसार कानूनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रतिकृया दिनुहोस