• शुक्रबार-बैशाख-१४-२०८१

चीनमा पटाका विस्फोट हुँदा कम्तिमा ४ जनाको मृत्यु, दुईजना बेपत्ता

 

सिजियाजुआङ, १३ जेठ, (रासस-सिन्ह्वा) - उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।


सो विस्फोट दिउँसो ४ बजे भएको थियो ।  सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए । 


प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
--------
 

प्रतिकृया दिनुहोस