• शनिबार-बैशाख-८-२०८१

यात्रुका लागि एम्बुस थाेत्रा गाडी चलाउन अनेक जालझेल !

लाखमा किनेको गाडीले करोडौं कमायाे व्यवसायी अझै दुहुँदै !


विगत लामो समयदेखि यातायात व्यवसायीको लुटको धन्दा चल्दै आएको छ । यातायात व्यवसायीहरुले यसरी सबैलाई झुक्काएर कमाउनसम्म कमाए, तर कसैले पत्तो नै पाउन सकेनन् । चाहे त्यो यात्रुका लागि होस् चाहे सरकार उनीहरुले सबैलाई भुङग्रोमा राखे । सर्वसाधारणलाई त यातायात व्यवसायीले दिँउसै रात पारिदिएका छन् । िवत्रफम सम्वत २०३० सालदेखि २०८० सालसम्म आइपुग्दा पनि एउटै व्यवसायीको रजगज चलेकै छ । विगत ५० वर्षदेखि तिनै यातायात व्यवसायीले व्यवसाय गरिरहेका छन्  ।


सरकारले २० वर्ष नाघेका सार्वजनिक यातायातको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिन्छ । यसो गर्दा एउटै व्यवसायीले ७० वर्ष व्यवसायी गर्छन् । ७० वर्षमा जनसंख्या कहाँबाट कहाँ पुगिसक्छ । तर, भाडाको गाडीको संख्या खासै बढ्दैन् भन्दा हुन्छ । न यातायात सिण्डिकेट नै हट्न सकेको छ । सरकारले यातायात क्षेत्र सुधारलाई मध्यनजर गर्दै तीन वटा निर्णय गर्न सकेको भए, जनता र राष्ट्रलाई फाइदा हुन्थ्यो । पहिलाे,  बिस वर्ष पुगेका गाडीको दर्ता नम्बर र रोड परमिट खारेज गर्ने र त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी दर्ता गर्न नदिने ।

 

  न नयाँ ट्याक्सी थपियो न यातायात व्यवसायी । एउटै व्यक्तिले तीन दसकदेखि अहिले पनि एयरपोर्टमा व्यवसाय गर्दै आएको छ । एयरपोर्टमा चल्ने ट्याक्सीको मिटर छैन् । त्यहाँ मनलाग्दी भाडा उठाउने क्रम जारी नै छ ।


दोस्रोः यातायात क्षेत्रमा अझैपनि सिण्डिकेट कायम छ । यातायात क्षेत्र सिण्डिकेटमय भएको ४१ वर्ष बितिसकेको छ । हरियो प्लेट र कालो प्लेटको ट्याक्सी, मिटरवाला टेम्पो, बस, ढुवानी गाडीलगायत सम्पूर्ण यातायातका साधनको दर्ता खोलिदिने हो भने यातायात क्षेत्रमा सुधार सम्भव छ । तेस्रोः २०४९ सालदेखि यातायात व्यवसायीले तिर्नुपर्ने १५ वटा चीजमा राजस्व बढेको छैन् । ३२ वर्षअगाडिकै राजस्व दरमा यातायात क्षेत्र चलिरहेको छ । तर, यात्रुले तिर्नुपर्ने भाडा चाहिं ३० औं गुणा भन्दा बढी बढ्यो ।


यातायात व्यवसायीले कसरी राज्य र जनतालाई लुटिरहेका छन् भन्ने त यहीबाट प्रमाणित भइसकेको छ । जाँचपास, प्रदुषण, रोड परमिट, नामसारी, पञ्जिकरण, बिलबुक नवीकरण, अञ्चलिकरण, पटके, रंग परिवर्तन, स्क्रयाब गर्दा लिनुपर्ने राजस्व बढेको छैन् । त्यस्तै, सरकारले तोकेकोभन्दा बढी भाडा लिनेलाई कारबाही गर्दा लिनुपर्ने राजस्व, ट्याक्सीको मिटर जडान गर्दा र नवीकरण गर्दा लिने राजस्व, जेब्राक्रसमा गाडी नरोकेबापत लिनुपर्ने राजस्व, नगरपालिकाले यातायातबाट लिनुपर्ने कर पनि बढेको छैन् ।


सरकारले निजी प्लेटका गाडीमा अझैपनि २० वर्षे नीति लागु गर्न सकेको छैन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवैलाई घरेलु र कम्पनीमा लगेर दर्ता गर्ने व्यवस्था मिलाउनुपर्छ ।  निजी प्लेटको आयु तोक्न नसक्दा ट्राफिक जाम र प्रदुषण ह्वात्तै बढेको छ । शहरका घर भत्काएर बाटो बढाउनुपर्ने अवस्था सिर्जना भइसकेको छ । २०७० सालमा यातायात मन्त्रालयले सार्वजनिक र निजी प्लेटकै गाडीको चल्ने अवधि यातायात कार्यालयको ढड्डामा लेख्ने निर्णय गरेको थियो ।

 

  गाडी दर्ता हुने बेलामै ढड्डामा लेख्ने मन्त्रालयको त्यो निर्णय यातायात व्यवसायीको दबाबका कारण दराजमा थन्कियो । कार्यान्वयनमा आउन सकेन् । २०३० सालमा एक लाख रुपैयाँमा जर्मनी मिनीबस किनेर व्यवसायीहरुले सञ्चालनमा ल्याए । त्यतिबेला रू. ३५ सयमा जर्मनी बस यातायात कार्यालयमा दर्ता भएको थियो । २०३०–२०५८ सालसम्म आफैंले चलाएर वा भाडामा लगाएर तीन करोड रुपैयाँभन्दा बढी कमाए । त्यतिबेलाको सरकारले बागमतीबाट २० वर्षे गाडी हटाउने निर्णय गर्यो ।


सो गाडी लुम्बिनी र गण्डकीबाहेक साविकको अन्य अञ्चलमा लगेर दर्ता गर्न दिने भनियो । बागमतीको नम्बर प्लेटमा भन्सार र भ्याट छुटमा बस किनेर दर्ता गर्न दिने निर्णय त्यतिबेलाको सरकारले गर्यो । भन्सार र भ्याट तिर्दा ४० लाख रुपैयाँ पर्ने गाडी २० लाखमा आयो । २०५८ सालमा ल्याएको गाडी सञ्चालन भएको पनि २२ वर्ष बितिसक्यो । गाडी धनीले आफैंले चलाएर वा भाडामा लगाएर करोडौं कमाइसकेका छन् । २२ वर्ष पुगिसकेको गाडी विस्थापन गर्ने अनि त्यसकै स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी दर्ता गर्ने ।


यातायात व्यवसायीको रणनीति त हेर, अब त्यही स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्छन् । यसले गर्दा अर्को २० वर्ष पनि तिनैले व्यवसायी गर्ने भए । यसको फाइदा सीमित यातायात व्यवसायीलाई भएको छ । तर, राज्य र जनता त मर्कामा परे । यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउनै नसक्ने अवस्था बनिसकेको छ । राज्य कमजोर बन्दै गएको छ, व्यवसायी बलियो । गाडी कम हुँदा सर्वसाधारणलाई निकै सास्ती छ । ढोकैसम्म झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।


जति भन्यो त्यति भाडा यात्रुले तिरेका छन् । तर, सेवासुविधा खोइ ? यातायात क्षेत्रका दलाल व्यवसायीका कारण नयाँ गाडी भित्रिन पाएन् । देशमै रोजगारी गरेर खान्छु भन्नेहरु पनि सीमित दलाल व्यवसायीका कारण वञ्चित भएका छन् । बाटो राज्यको हो, जनताले तिरेको करबाट निर्माण भएको छ । तर, त्यो बाटोमा रजाइँ चलेको छ यातायात व्यवसायीजस्ता दलालहरुको । पैसा तिरेपछि यात्रुले यात्रा गर्ने गाडी राेज्न, छान्न पाउँदैनन्, रोज्न पाइँदैनछ । यातायात क्षेत्रमा त्यो अधिकार सर्वसाधारण यात्रुलाई छैन् ।

 

  यात्रुका लागि एम्बुस सरह सीमित थोत्रा गाडी चलेका छन्, के को छान्नु ? २०४३ सालमा डिजेलबाट चल्ने ६६१ वटा विक्रम टेम्पो दर्ता भयो । त्यतिबेलै मीटरजडित, कालो हुटवाला १७ सय टु–स्टक टेम्पो दर्ता भयो । दुई हजार पेट्रोलबाट चल्ने क्युवाला टेम्पो दर्ता भयो । कालीमाटीमा सामान बोक्ने ३५० वटा ढुवानी टेम्पो दर्ता भयो । २०५१ सालमा ८०० वटा ग्याँस टेम्पो दर्ता भयो, त्यो पनि पूरै भन्सार र भ्याट छुटमा । २०४८ सालमा सरकारले भन्सार र भ्याट छुटमा दुई हजार ट्याक्सीको दर्ता खोल्यो ।


   चार लाख पर्ने ट्याक्सी व्यवसायीले दुई लाखमा खरिद गरे । २०५० सालमा एयरपोर्टमा २०७ वटा ट्याक्सी पनि भन्सार र भ्याट छुटमा दर्ता गर्न दियो । अटो शोरुमसंग एक लाखमा किनेको गाडीलाई हरियो प्लेटमा दर्ता गरेर एयरपोर्टमा सञ्चालन गरिएको हो । 

 

२०५०–२०७० सालसम्म त्यो हरियो प्लेटको गाडीले करोडभन्दा बढी कमायो । २०७० सालमा सरकारले त्यस गाडीको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दियो । त्यहाँ नयाँ व्यवसायी आउन पाएन् । अहिले पनि २०७ वटै ट्याक्सी एयरपोर्टमा सञ्चालित छ ।


  न नयाँ ट्याक्सी थपियो न यातायात व्यवसायी । एउटै व्यक्तिले तीन दसकदेखि अहिले पनि एयरपोर्टमा व्यवसाय गर्दै आएको छ । एयरपोर्टमा चल्ने ट्याक्सीको मिटर छैन् । त्यहाँ मनलाग्दी भाडा उठाउने क्रम जारी नै छ ।

 

२०४८ सालमा दुई लाखमा किनेको कालो प्लेटको मिटरवाला ट्याक्सीले अहिलेसम्म कति कमायो ? यातायात व्यवसायीले आफैंले चलाएर वा भाडामा लगाएर दुई करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ । २०४८–२०७२ सालसम्म सो ट्याक्सी चल्यो । फेरिपनि त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गरियो ।


   यहाँ पनि नयाँ व्यवसायी आउन पाएन्, एकाधिकारको जर्जर रहिरह्यो । ट्याक्सीमा आज पनि एउटै व्यवसायीले सिण्डिकेट लगाइराखेका छन् । २०५१ सालमा डेढ लाखमा ग्याँस टेम्पो किनेर सञ्चालनमा ल्याइयो । ग्याँस टेम्पोको दर्ता भएको २९ वर्ष भइसकेको छ ।


 डेढ लाखमा किनेको टेम्पोले २०६६ सालसम्म करोड कमाए । २०६६ सालमा आठ सयमध्ये चार सय वटा टेम्पोको सट्टाभरानामा माइक्रोबस ल्याइयो । अहिले पनि चार सय वटा ग्याँस टेम्पो बाटोमा गुडिरहेको छ । यी टेम्पोले अहिलेसम्म दुई करोडभन्दा पनि धेरै आम्दानी गरिसकेका छन् ।


चार सय वटा माइक्रोबस पनि भन्सार र भ्याट छुटमा आएको हो । ३० लाख पर्ने माइक्रोबस १५ लाखमा ल्याएको हो । ०६६ सालमा आएको माइक्रोबस पनि सञ्चालनमा आएको १४ वर्ष बितिसकेको छ । आफैंले चलाएर वा भाडामा लगाएर गाडी धनीले करोडौं जोडिसकेका छन् ।

 

२०४३ सालमा डेढ लाखमा खरिद गरेको विक्रम टेम्पो २०५६ भदौ ५ गतेसम्म चल्यो । त्यो अवधिमै ती टेम्पो सञ्चालकले करोडभन्दा बढी कमाइसकेका थिए । लुम्बिनी र गण्डकीबाहेकका अन्य प्रदेशमा सो विक्रम टेम्पो गुडिरहेको छ ।


२०५६ भदौ ५ गतेको मन्त्रिपरिषद्को बैठकले ५० लाख पर्ने निलो माइक्रोबस र जम्बो हायसलाई २५ लाखमा दिने निर्णय गर्यो । काठमाडौंबाट हटाएको विक्रम टेम्पो अन्य जिल्लामा लगेर व्यवसायीले आफ्नै नाममा दर्ता गरे । ती टेम्पोबाट अहिले पनि व्यवसायीले आम्दानी गरिरहेका छन् । टेम्पोको बागमती प्रदेशको नम्बरमा निलो माइक्रोबस र जम्बो हायस दर्ता गरे, त्यो पनि आफ्नै नाममा । दलाल व्यवसायीहरुले आफू मात्र कमाउने रणनीति रचेका छन् ।


२०५६ सालमा आएको निलो माइक्रोबस र जम्बो हायस नै २४ वर्ष पूरा भएर २५ वर्ष लागिसकेको छ । ती गाडीले तीन करोडभन्दा बढी कमाइसकेको छ । ७० हजारमा किनेको टु–स्टक टेम्पोले २०६० भदौ २२ गतेसम्म करोड बढी आम्दानी गर्यो । सरकारले टु–स्टक टेम्पो फालेर चार पाङ्ग्रे ट्याक्सी दिने निर्णय गर्यो ।

 

२०६० सालमा सात लाख १० हजारमा किनेको गाडीले टेम्पोको सट्टाभरानामा ट्याक्सी दर्ता गरेर तीन करोडभन्दा बढी कमाइसकेको छ । अहिले पनि २० वर्षे पूराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गरिरहेका छन् ।


यिनीहरुले अब अर्को २० वर्ष पनि व्यवसायी गर्छन् । २०४३ सालमा एक लाखमा किनेको क्युवाला र ढुवानी टेम्पोले २०६० सालसम्म करोडबढी कमायो । २०६० सालमा त्यसलाई विस्थापन गरेर त्यसकै स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी ल्याइयो । क्युवाला टेम्पोले ४० लाखमा माइक्रोबस ल्यायो । ढुवानी गाडीले भन्सार र भ्याट छुटमा १५ लाखमा चार पाङ्ग्रे ढुवानी गाडी ल्यायो । अहिलेसम्म ती सवारी साधनले कति कमायो ? आफैं हिसाब गरौं ।


अब पनि त्यसकै नम्बर प्लेटमा नयाँ गाडी किनेर ल्याउने अनि आफू मात्र कमाउने । यातायात व्यवसायी आफ्नो योजनामा सफल हुँदै गए तर कसैले बुझेनन् । राज्य आँखा चिम्लेर बसिदियो, मिडियाहरुले जरैसम्म खोताल्ने कोसिश गरेनन् ।

 

एउटा सार्वजनिक यातायातमा १०–८० लाख रुपैयाँसम्म लगानी गरिएको हुन्छ । तर, खोइ त राजस्व ? दैनिक आम्दानीको पनि यातायात व्यवसायीले राजस्व तिर्दैनन् । वर्षैपिच्छे पञ्जिकरण गर्ने सिस्टम भाडाको गाडीमा लागु गर्नुपर्छ ।


२०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले २० वर्षे गाडी हटाउने निर्णय गर्यो । २०७१ फागुन १८ गते राजपत्रमा निकाल्यो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले २०७३ फागुन १७ गतेदेखि बागमती अञ्चलबाट २० वर्षे गाडी विस्थापन गर्ने निर्णय गर्यो ।

 

२०७४ चैत १ गतेबाट देशैभरबाट २० वर्षे गाडी हटाउने भनियो । तर, ट्राफिक महाशाखाले सरकारको निर्णय कार्यान्वयन गर्न सकेन् । यातायात व्यवसायीको दबाबमा ट्राफिक महाशाखा पछि हट्यो । जसका कारण दुर्घटना र प्रदुषण घट्नुको साटो बढेको बढ्यै छ ।
 

प्रतिकृया दिनुहोस