• बिहीबार-चैत-१५-२०८०

३६ केजी सुनचाँदी चोरीमा संग्लग्न ३ जना पक्राउ

 
मोरङ, २०८० जेठ ११ गते । जिल्ला प्रहरी कार्यालय मोरङले सुन र चाँदी चोरीमा संग्लग्न रहेको आरोमा ३ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । जेठ ३ गते बिराटनगर महानगरपालिका-३ का जय किशोर चौधरीको घरमा चोरी भएको सूचना पाएसंगै तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।
 
चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चादी चोरी भएको जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनाको अनुसन्धानको लागी ८ जनाको अनुसन्धान टोली परिचालन गरेको र सुक्ष्म अनुसन्धानको क्रममा घटनामा संग्लग्न ३ जनालाई जेठ १० गते राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर-१२ का २१ बर्षीय राज कुमार कामत, १९ बर्षीय बिबेक कामत र २२ बर्षीय श्रीकान्त दास रहेका छन् ।
 
 
जयकिशोर चौधरी र ज्योती प्रसाद खाँले साझेदारीमा ज्वलर्स संचालन गर्ने गरेको र ज्वलर्सका समानहरु चौधरीको घरमा राख्ने गरेकोमा घरैबाट चोरी भएको थियो । चोरीमा संग्लग्न ब्यक्तिहरु पिडितका छिमेकी वा चिनेजानेकै ब्यक्तिहरु भएको आशंकामा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनास्थल आसपासका केही ब्यक्तिहरुको निरन्तर निग्रानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएकाे छ ।
 
पक्राउ परेका ब्यक्तिहरु मध्ये बिबेक कामत चोरी मुद्धामा ९ महिनाको सजाय भुक्तान गरेर यही बैशाख २८ गते छुटेका र श्रीकान्त दास डाका मुद्धामा २० महिनाको सजाय भुक्तान गरी गत असोज ३ गते छुटेका हुन् ।
 
समाचार अनुसार, यिनीहरुले चोरी गरेको मध्ये सुन भारतीय बजार बेचेको र ३५ केजी चाँदी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३५ केजी चादी सहित भारतीय रुपैयाँ २ हजार ५ सय, नेपाली रुपैयाँ १ हजार ७ सय ३० र २ थान मोवायल समेत बरामद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त  प्रहरी कार्यालयले जनाएको छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
प्रतिकृया दिनुहोस