• बुधबार-बैशाख-१२-२०८१

क्रिकेटर झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार 

 

धनुषा, ३ चैत (रासस) : मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । 

 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेश प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । दुवैजना मधेशबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु दुई लाख प्रोत्साहन स्वरुप दिने निर्णय गरेको जनाएको छ ।

 

नेपालले सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुवै खेलाडीलाई नगद प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

 


 

प्रतिकृया दिनुहोस