कान्तिपुर मिडिया ग्रुपले श्रम अदालतकाे आदेश नमान्दा सम्पूर्ण बैंक खाता राेक्का ?
काठमाडाैं । निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यम मध्ये सबैभन्दा चर्चित, मिडियाबाटै अर्बाैंकाे सम्पत्ति आर्जन गर्न सफल कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले श्रमजीवी सञ्चारकर्मीलाई शाेषण गर्ने र श्रम अदालतकाे फैसला कार्यान्वयन नगर्दा समस्या परेकाे खबर छ ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) कर्मीहरूले साे ग्रुपबाट आफूहरू पीडित भएकाे तथ्य सहित न्यायका लागि श्रम अदालत गुहारेका थिए । सञ्चारकर्मी यदु प्रसाद पाेखरेललगायत ३ जना श्रमजीवीहरूले उपदानलगायत सेवा-सुविधा नपाएकाे विषय उठाएर श्रम अदालतमा गुहारेका थिए ।
श्रम अदालतले केएमजीकर्मी श्रमजीवीहरूकाे पक्षमा न्याय गर्दै उपदानलगायत सेवा-सुविधा उपलब्ध गराउन २०७९ मंसिर महिनामा आदेश दिएकाे थियाे । सञ्चारकर्मी यदु प्रसाद पाेखरेललगायत ३ जना श्रमजीवीहरूले गरेकाे उपदानलगायत सेवा-सुविधाकाे दावी र श्रम अदालतकाे आदेश कान्तिपुर मिडिया ग्रुप (केएमजी) पालना नगरेपछि २०७९ फागुन २८ गतेबाट कान्तिपुर मिडिया ग्रुप ठुलाे संकटमा परेकाे जानकारी हुन आएकाे छ ।
कान्तिपुर मिडिया ग्रुपमा कार्यरत एकजना पुराना पत्रकारका अनुसार, श्रम अदालतकाे फैसला अनुसार, सञ्चारकर्मी यदु प्रसाद पाेखरेललगायत ३ जना श्रमजीवीहरूले पाउनु पर्ने आधा कराेड(५१ लाख) रूपैयाँ भन्दा बढी उपदानलगायत सेवा-सुविधा कान्तिपुर मिडिया ग्रुपले उपलब्ध नगराएकाे भन्दै पुन श्रम अदालतमा निवेदन गरेपछि साे अदालतले नेपाल राष्ट्र बैंकमा पत्र लेखेर कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण खाता राेक्का गरिदिन भनेकाे थियाे ।
श्रम अदालतकाे अनुराेध स्वीकार गर्दै नेपाल राष्ट्र बैंकले २०७९ फागुन २८ गते कान्तिपुर मिडिया ग्रुपकाे सम्पूर्ण बैंक खाता राेक्का गर्न सम्पूर्ण बाणिज्यहरूमा सर्कुलर गरेकाे स्राेत बताउछ ।

प्रतिकृया दिनुहोस