राष्ट्रिय सेवा दल (NCC)बाट छैसठ्ठी हजार सात सय छयत्तर युवा दीक्षित
काठमाडाैं । नेपाल राज्यभरिका विभिन्न सरकारी तथा निजी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम संचालन गरिँदै आएको छ ।
उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई जुनियर डिभिजन तालिम संचालन गर्ने गरिएकाे जानकारी हुन आएकाे छ । नेपालमा वि.सं. २०२२ बाट यस तालिमको शुभारम्भ भएको राष्ट्रिय सेवा दल (NCC)ले जानकारी दिएकाे छ ।
राष्ट्रिय सेवा दल (NCC) का अनुसार, यस वर्ष तालिमको पहिलो चरण (संस्थागत चरण) अन्तर्गत राष्ट्रिय सेवा दलबाट स्थान विशेषका विद्यालयहरुमा शिक्षकहरु खट्टिई जुनियर डिभिजन तालिम मिति २०७९ साउन १ गतेबाट मिति २०७९ कात्तिक १७ गतेसम्म र सिनियर डिभिजन तालिम मिति २०७९ भदाै १ गतेबाट २०७९ मंसिर १८ गतेसम्म संचालन भएको थियो ।
दोस्रो चरण अन्तर्गत देशका विभिन्न स्थानहरुमा रहेका राष्ट्रिय सेवा दलका शिक्षालयहरुमा जुनियर डिभिजन तालिमको वार्षिक सामुहिक क्याम्प २०७९ मंसिर १८ गतेबाट मिति २०७९ माघ १० गतेसम्म (३ चरणमा) र सिनियर डिभिजन तालिमको वार्षिक सामुहिक क्याम्प मिति २०७९ पुस २५ गतेबाट २०७९ माघ २७ गतेसम्म (२ चरणमा) संचालन भएको राष्ट्रिय सेवा दल (NCC) ले बताएकाे छ ।
जुनियर डिभजन तालिमको दीक्षान्त समारोह सम्पन्न भईसकेको बताइएकाे छ भने सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह २०७९ फाल्गुण ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा हुन गईरहेको साे संस्थाले जानकारी दिएकाे छ ।
राष्ट्रिय सेवा दल (NCC) का अनुसार, हालसम्म ६६,७७६ (छैसठ्ठी हजार सात सय छयत्तर) जना छात्रछात्राहरुले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५,९७६ (पाँच हजार नौं सय छयत्तर) जना र सिनियर डिभिजन अन्तर्गत १७२८ (एक हजार सात सय अठ्ठाईस) जना गरी कुल जम्मा ७,५६८ (सात हजार पाँच सय अठ्सठ्ठी) जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरेका छन् ।
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस-२०७९ अन्तर्गत राष्ट्रिय सेवा दलद्वारा आयोजना भएको Youth Exchange Programme मा सहभागी हुन भारत, माल्दिभ्स र पाकिस्तानको NCC (National Cadet Corps) का Director General, स्टाफ अधिकृत, समन्वय अधिकृत, क्याडेटहरु (छात्र-२१ र छात्रा-२१) गरी जम्मा ५१ जना २०७९ फागुन ३ गतेबाट फागुन १४ गतेसम्म विविध कार्यक्रमहरुमा सहभागी हुन नेपाल आएका छन् ।
भ्रमणको दौरान उक्त टोलीहरुले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गर्नुका साथै काठमाण्डौं तथा पोखरास्थित विभिन्न धार्मिक एवं पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण समेत गरेका छन् ।
त्यसैगरी सोही कार्यक्रम अन्तर्गत यस वर्ष नेपालबाट माल्दिभ्समा चारजना र भारतमा १६ जना गरी जम्मा २० जना छात्रछात्राहरुले सहभागिता जनाई सकेका छन् ।

प्रतिकृया दिनुहोस