• शनिबार-श्रावण-१२-२०८१

रामचन्द्र पौडेल पाँच दलकाे समर्थनमा राष्ट्रपतिकाे उम्मेदवार ?


काठमाडौं । पछिल्लो चरणमा विकसित राजनीतिक घटनाक्रम नाटककीय रुपमा परिवर्तन नभएमा अबको राष्ट्रपति रामचन्द्र पौडेल बन्ने संभावना बढेको छ ।

 

माओवादी केन्द्र र कांग्रेसमात्र होइन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि पौडेलको पक्षमा माहोल देखिन थालेको स्राेत बताउछ । विभिन्न शक्तिकेन्द्रको प्रभाव र राजनीतिक सक्रियताका कारण पौडेलको पक्षमा माहोल बढ्न थालेको स्राेतकाे दावी छ ।

 

माओवादी केन्द्र, कांग्रेस, जसपा, लाेसपा, जनमत(सिके)काे समर्थन रामचन्द्र पाैडेलका लागि हुने स्राेत बताउछ ।  विगतका लामो समयदेखि पौडेल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुबै निकट भएर काम गर्न थालेका छन् । माधव नेपालकाे नेतृत्वकाे एस दल कता लाग्छ भन्ने टुंगाे छैन ।

 

२०७९ पुस १० गते गठबन्धन भत्केर माओवादीले एमालेसँग कित्ता लिँदा पनि आफ्नै कारण रहेको भन्दै पौडेलले प्रचण्डको बचाउ गरेका थिए । उनी प्रचण्डलाई निरन्तर साथ दिएर जानुपर्ने पक्षमा रहेका छन् । त्यही गुन तिर्नका लागि पनि प्रचण्ड पौडेलको पक्षमा रहेका छन् ।


    त्यसैगरी, शेरबहादुर देउवा पनि पौडेललाई सहयोग गर्ने  पक्षमा रहेका छन् । महाधिवेशनमा पौडेलले गरेको सहयोग र देउवाको वचनका कारण पनि पौडेल राष्ट्रपतिको उम्मेदवार हुने संभावना रहेको छ ।

 

कांग्रेसभित्रको ठूलो पंक्ति पनि पौडेलको पक्षमा जानुपर्ने मत राखिरहेका छन् । उनीहरु प्रधानमन्त्रीका लागि १७ पटकसम्म प्रतिस्पर्धा गरेको नमिठो अनुभव र अभागलाई राष्ट्रपति बनाएर कटाईदिनुपर्ने धारणा पनि राख्न थालेका छन् ।


     देउवा र प्रचण्डको न्यानो प्रेम पाएका पौडेललाई भारत र अमेरिकाले पनि साथ दिने संकेत गरेका छन् । पौडेलको विषयमा चीन पनि धेरै विरोधमा नहुने अनुमान गरिएको छ ।

 

कृष्णप्रसाद सिटौला भने पौडेलभन्दा सिटौला भारतनिकट भएको भन्दै उनको विपक्षमा चीन धेरै उभिन सक्ने पनि बताइन्छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पौडेललाई राष्ट्रपति बनाउन सकिने सुझाव दिएर गएका छन् ।

प्रतिकृया दिनुहोस