• शनिबार-श्रावण-१२-२०८१

अन्यायपूर्वक थुनिएका सांसद चाैधरी फागुन ७ गते रिहा हुँदै

 

काठमाडाैं । नेपाल सरकारकाे वार्ता टाेली र  थारू संयुक्त  संघर्ष समिति, नेपालबीच १० वर्ष अघि २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएकाे सहमति विपरीत कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद अरूण कुमार चाैधरीलाई  संसद चलिरहेकाे अवस्थामा २०७९ माघ १९ गते प्रहरीले पक्राउ गरेर हाल कैलाली कारागारमा थुनामा राखेकाे छ ।

दस वर्ष अघि नै सरकारले फिर्ता लिएकाे मुद्दामा सांसद अरूण चाैधरी पक्राउ

नेपाल सरकारकाे वार्ता टाेली र  थारू संयुक्त  संघर्ष समितिसँग भएकाे १० बुँदे सहमतिकाे बुँदा नम्बर आठमा भनिएकाे छ-'' थारूहरूकाे चरणाबद्ध रपमा गरेकाे आन्दाेलनकाे क्रममा पक्राउ परेकालाई निसर्त  रिहा गर्ने, आन्दाेलनकाे क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने ।''


 ''आन्दाेलनकाे क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने ।'' सहमति गरेकाे नेपाल सरकारले अहिले आएर त्यही आन्दाेलनकाे क्रममा लगाइएका मुद्दालाई  आधार मानेर नेपाल सरकारले गरेकाे सहमति विपरीत मुद्दा फिर्ता लिएकाे १० वर्षपछि सांसद अरूण कुमार चाैधरीलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेकाे थियाे ।


    थुनामा रहेका सांसद अरूण कुमार चाैधरीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा मिति २०७९/११/०७ गते देखि लागू हुने गरी  सांसद अरूण कुमार चाैधरीकाे समेत भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।


कैलाली जिल्ला अदालतकाे आदेशमा थुनामा रहेका सांसद अरूण कुमार चाैधरीमाथि अदालतबाट ताेकिएकाे बिगाे रू.२,७३,१४१।(दुई  लाख त्रिहत्तर हजार एकसय एकचालिस रूपैयाँ)  २०७९ फागुन ५ गते कैलाली जिल्ला अदालतमा बुझाएका छन् । अन्यायपूर्वक थुनामा रहेका कैलाली जिल्लाका जनप्रिय सांसद अरूण कुमार चाैधरी २०७९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन कैद मुक्त भएर रिहा हुँदैछन् ।

प्रतिकृया दिनुहोस