• शनिबार-श्रावण-१२-२०८१

एमालेभन्दा बाहिरबाट राष्ट्रपति बनाउन प्रचण्डमाथि शक्ति राष्ट्रहरूकाे चर्काे दवाव !

    काठमाडौं । नेपालमा राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चा भइरहेको बेलामा विदेशी शक्तिकेन्द्रहरुको भने निकै चासो र दौड बढेको छ ।  नेपाल जस्ताे सानाे सार्वभाैम देशकाे  आन्तरिक मामिलामा अनाैपचारिक रूपमा हस्तक्षेप गर्ने उद्देश्य बाेकेर शक्ति राष्ट्रका कर्मचारी, विभिन्न सुझावका पोकासहित काठमाडौं आउने गरेका विदेशी दूतहरुले माओवादी केन्द्र र एमालेवीच बनेको नयाँ गठबन्धनलाई भत्काउने अनेकन प्रयास गरिरहेका छन् ।

 

शक्ति राष्ट्रका कर्मचारीहरुले जे नसरी भएपनि कम्युनिष्टहरुको एकता भाँड्नका लागि माओवादी केन्द्रलाई तर्साउन थालेकाे नेताहरू बताउछन् । एमालेसँगको गठबन्धन भत्काएर डेमाेक्रेटिक पार्टीहरूबाट राष्ट्रपति चयन गर्न अगाडि बढेमा संक्रमणकालीन न्याय, आर्थिक सहायतालगायका विभिन्न सुविधा दिने आश्वासन दिन थालेकाे स्राेत बताउछ ।


 उच्च राजनीतिक स्रोतहहरुका अनुसार, एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग मिलेर राष्ट्रपति चयन गरेमा संक्रमणकालीन न्यायमा अधिकतम् सहयोग गरी माओवादीप्रति लचिलो हुनेसक्ने खबर अमेरिकी अधिकारीहरुले दिएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय अमेरिकामा औपचारिक,  भव्य भ्रमण गराउनेसम्मको आश्वासन दिएका छन् । अमेरिका नेपालको राष्ट्रपति कम्युनिष्ट पृष्ठभूमिको नहोस् भन्ने चाहिरहेको छ ।


   अमेरिकी आशयजस्तै भारतीय चासो पनि रहेको बताइएको छ । हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शाक्ति बाँडफाँडमा एमालेलाई मात्रै अधिकांश महत्वपूर्ण ठूला पदहरू दिँदा भोलि आईपर्ने खतराबारे सचेत गराउँदै क्वात्राले राष्ट्रपतिपद कुनै पनि हालत   एमालेलाई नदिन सुझाव दिएको स्राेत बताउछ ।


उच्चस्रोतका अनुसार, क्वात्राले उक्त सन्देश दिएर गएपछि ठुलाे दवाव महसुस गरेका प्रधानमन्त्री प्रचण्ड भने भेटघाट र  भ्रमणको विषयमा मौन रहेका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण कहिलेतिर गर्ने र अनुकूलता हेर्नु भनेर सफ्ट कर्नरबाट क्वात्राले प्रस्ताव गरेका भएपनि औपचारिक रुपमा भ्रमणको निम्ता भने गरेका छैनन् ।


     राष्ट्रपतिको चुनावमा आफू अनुकूलको निर्णय हुन्छ कि हुँदैन वा माओवादीले कस्तो खेल खेल्छ ? भन्ने हेर्नका लागि भारतसँग प्रचण्ड सरकारकाे सम्बन्ध र भ्रमणका बारेमा भारत टुंगाेमा पुग्ने स्राेत बताउछ । त्यसै कारण भारतीय  प्रधानमन्त्री नरेन्द्र माेदीले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणकाे निम्तामा ढिलाई गरेको पनि बताइन्छ ।


  राष्ट्रपतिमा आफूले चाहेकाे वा एमाले बाहेककाे व्यक्ति ल्याउन दबाब दिने रणनीतिका लागि पनि प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणबारे भारतीय पक्ष हाल मौन बसेको हुन सक्ने कूटनीतिज्ञहरूकाे ठम्याइ रहेकाे छ ।

 

प्रतिकृया दिनुहोस