• आइतबार-जेठ-१३-२०८१

चीफसा’ब, सैनिक अस्पतालको कन्तबिजोग कसले हेर्ने ? 

   स्वयम्भु नाथ गुम्बाको आँगनमा अवस्थित हेर्दा मनमोहक देखिने मेरो देशको गौरवशाली संस्थाद्वारा सञ्चालित अस्पताल श्री वीरेन्द्र सैनिक अस्पताल । नेपालको पहिलो  एमआरआई मेशिन भएको अनि पहिलो लिथोटृप्सी शुरुगर्ने यो सैनिक अस्पताल ।

 

नेपाली सेनाबाट सकल दर्जाको उपचारका लागि यो अस्पताल शुरु हुँदा आजका कतिपय मेडिकल कलेज अनिधेरै प्राइभेट अस्पताल पनि थिएनन् । अब्बल नम्बरमा पर्दथ्यो हाम्रो सैनिक अस्पताल ।

 

राजा वीरेन्द्रको नामबाट स्थापित यो अस्पताललाई केही वर्षदेखि खोइ के रोग लाग्यो कुन्नि राजा न रहे संगै आज यो दुरावस्थामा पुगेको छ । विगत ५–१० वर्षदेखि विस्तारै खस्किँदै गएको यो अस्पताल आज लगभग धरासायी अवस्थमा पुगेको भान हुन्छ । हुन त मेरो नजर एक प्यारामेडिकको होला तर मैले देखेर  भोगेर आएको कुरा आज राख्न चाहन्छु । 


 यस अस्प्तालमा कार्यरत जर्नेल कर्णेल भएका सिनियर डा.सा’बहरुले सँधै आफूलाई पायक पर्ने नियम कानूनमात्र बनाउदैलगे, फलस्वरुप आज यस्तो विकरालरुपमा जनशक्तिको अभाव होइन खडेरी नै परेको छ ।  विगत २–३ वर्षमा आधा दर्जन भन्दा बढी यस सैनिक अस्पतालका डा. सा’बहरु यो ठाउँबाट पलायन हुनु पर्ने अवस्था सिर्जना गरियो ।

 

आज सेनाका सकल दर्जाको रगत पसिनाबाट खडा भएको सैनिक कल्याणकारी कोषबाट अस्पतालमा कुनैपनि जटिल अपरेशन गर्न‘परेमा लाखौ खर्च गरी प्राइवेटमा अस्पतालमा जानैपर्ने बाध्यता सिर्जना भएको छ । यसको ज्वलन्त उदाहरण सर्जरी विभागका डा. सुशील र उनक टिम छोड्नुबाट प्रष्ट हुन्छ । त्यस्तै हाडजोर्नी विभागका होनहार डाअमित जोशी पनि पलाय नहुनु प¥यो ।

 

दुई वर्षसम्म नेपालगन्ज धकेलिएक न्युरो सर्जन डा. नरेन्द्र आखिर जागिर छोडेर उतै पलाएन भए । सि टि भि यसका डा. शंकर पनि विदेश पलायन हुनु प¥यो ।  नानाथरी तालिम र शान्ति सेना पोस्टिङमा झोस्न खोज्दा डा. सिर्जना र डा. ज्योतिले पनि अन्ततः बाध्य भएर सैनिक अस्पताल छाड्नै प¥यो ।

 

अहिले हाम्रो अस्पतालको एक मात्र पेटको सर्जन डा. शाहको हाल पनि तेस्तै हुने हो कि भन्ने हामीलाई डर छ । उहाँलाई २ वर्षसम्म शान्ति सेनाको नाममा लिविया धकेलियो, अहिले फेरि उहाँलाई नेपालगन्ज सरुवा धकेल्ने चल्खेल सुरु भएको चर्चा छ । उहाँ नहुँदा गैंडाले हानेको विरामी केसलाई रातारात मेडिसिटी लग्नु परेको हामीले पनि चाल पाएकै हौं ।

 

तर, अहिले यस सैनिक अस्पतालमा डा.को विशेषज्ञता भन्दा पनि व्यक्तिगत स्वार्थ र घमन्डीपनले भुवन जर्सा’ब उहाँलाई बाहिर पोस्टिङ गर्न आतुरहुनु हुन्छ भन्ने सुनेका छौं । भर्खरै मात्र सिटीस्क्यान खरिदमा मुछिनु भएका उहाँलाई यस अस्पतालमा मन पराउने खासै कोही डा. हुनुहुन्छ जस्तो लाग्दैन ।

 

फेरि उहाँले अरुण शर्मा जर्सा’बलाई जसोभनो त्यसैगरी थाँग्ना मै सुताउन पनि सफल हुनुहुन्छ । हुन त सिईओ सर पनि डायलाईसिसको अनेक सामग्री खरिदको घोटला काण्डबाट कसरी जोगिनु भयो भन्ने कुरा अचम्मै लागेको छ ।

 

अर्कोतिर सुनिन्छ, चार जना प्रमुख सेनानी(कर्णेल) डा. सा’बहरुको बढुवा नहुँदा अनिवार्य अवकाश जाँदै हुनुहुन्छ रे । तर,  माथिल्लो निकायलाई सायद आफ्नै टर्म र प्रोमोसनको मात्र चिन्ता होला के गर्ने ।  

 

 
  के यो अस्पतालमा हामी सोझासाझा गरिबको स्वास्थ्य सेवाको कसैलाई वास्था छैन । हामीले आझ जटिल र विशेषज्ञ सेवा लिन किन प्राइवेट वा वीर र टिचिङको भिडमा नैजुध्न जानुपर्ने । सुनिन्छ, डा. शाह  पनि अर्को साल पेन्सन पाक्ने बित्तिकै छोडेर मेडिसिटी जाने तयारीमा रहेको सुनिन्छ ।

 

हुन त मुटुको एक मात्र डा. सा’बले पनि गत साल जबर्जस्ती पोस्टिङ पठाउन खोज्दा दिएको राजीनामा अहिलेसम्म  सिईओ सरकै टेबलको घर्रा मै छ भन्ने हामीले सुनेक छौं ।

 

यस्तो प्रतिष्ठित अस्पतालको राम्रो ब्यवस्थापनको लागी प्रधानसेनापति, एमए अफिसबाट किन कहिले पनि पहल  हुँदैन । हामी सकल दर्जाले सर्वसुलभ सम्पन्न अस्पताल पाउन अझै कति वर्ष कुर्न‘ पर्ने हो ? भएका राम्राराम्रा विशेषज्ञ डा.साबहरुले सैनिक अस्पताल छोडेर गैरहँदा प्रधानसेनापति प्रभुराम  शर्मालगायत माथिल्लो निकायको ध्यान जाँदैन ?

 

किन सिईओ, रजिस्ट्रारसँग स्पष्टिकरण समेत लिइन्न ? यस्तै भद्रगोल तालले वीरेन्द्र सैनिक अस्पताल र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको हविगत भविष्यमा केहा होला र कहाँ पुग्ला चीफ सा’ब ?

 –सैनिक अस्पतालका पीडित पदिक वर्गहरु 
 

प्रतिकृया दिनुहोस