• शुक्रबार-बैशाख-१४-२०८१

आगलागीबाट चार घरमा क्षति

 

हुम्ला, २३ माघ । हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी भएको छ ।

 

सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताउनुभयो । स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र छक्क सिंहको घरमा आगलागी भएको हो । 

 

उक्त घटनास्थलमा गएर धारापोरी चौकीको सहयोग र जिल्ला प्रहरी कार्यालयका मनि गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा सक्रिय भई  आगो निभाइएको छ । 
–––

प्रतिकृया दिनुहोस