• आइतबार-बैशाख-२३-२०८१

कर्पोरेट बास्केटबल शनिबार र आइतबार हुने


काठमाडौं । गेटसेट गेमको आयोजनामा आगामी शनिबार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

माम्बा स्पोट्र्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ । पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउण्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताको निर्देशक श्रेया खड्काले जानकारी दिइन् । कर्पोरेट क्षेत्रमा लागेकाहरुलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रिएसनका लागि यस प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

 

प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा) ले पनि सहयोग गरेको छ । यस्तै अन्य सहयोगीमा जी क्याफे, भाटभटेनी, न्युट्रब्लेन्ड, एरोज सोलुसन, सुश्री मिडिया तथा हाइड्रेसन पार्टनर अक्वाफिना, फुट पार्टनरमा पेप पिजा छन् । रमोसन पार्टनर एड्भेन्चर डिजिटल रहेको छ ।

 

प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनीभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैँक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन् ।

 

यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैँक, क्विनीभर्स र आइएमई पे सहित रेडक्ट नेपाल छन् ।
 

 

प्रतिकृया दिनुहोस