भाेटसँगकाे युद्धमा बझांगी बहादुरको सम्मान पाउने बहादुरहरु यिनै हुन्
इतिहास खाेज्ने, अनुसन्धान, संकलन गर्ने अभियान अन्तरगत बझाङ्ग जिल्ला र चर्चित बझांगी राजाहरूका बारेमा थुप्रै तथ्य फेला पार्न सकिन्छ ।
यस्तै नेपाल र नेपाली( बझांगी) सेनाकाे इतिहास खाेज, अनुसन्धान गर्ने सिलसिलामा बझाङ्ग जिल्ला पुगेका नेपाली सेनाका सहायक रथी प्रेम सिंह बस्न्यात(जर्नेल, अप्रा)टाेलीले बझाङ्ग जिल्ला र बझांगी राजाहरूकाे इतिहासका बारेमा केही तथ्यहरू फेला पारेर पस्किएका छन् ।
२२ नाल जति बन्दुक, खुँडा, तरबारहरु भएकोमा अहिले केही नाल मात्र बन्दुक तथा धेरै खुडा, ढाल, तरबार आदि रहेकाे पाइयो। अर्थात् बझांगी नेपालीहरूकाे बहादुरीको निसान भेटियो । एकदम गर्व लाग्यो ।
१) वि. सं. १९११ सालको अन्तिम नेपाल-भोट युद्धमा श्री ३ जंग बहादुर राणाले बझांगी राजा भुपेन्द्र बहादुर सिंहलाई ताक्लाकोट हुँदै सो लडाईंमा लड्नको लागि सेना पठाउन आदेश दिए । त्यसपछि बझांगी राजाका "रजवार"हरु मध्ये : बस्तीका रजवार : विचित्र बहादुर सिंह, रनदाका रजवार सेतु सिंह (जनरल (सहायक रथी) केदार बहादुर सिंह र कर्नेल आमुल्य बहादुर सिंहका पूर्खा) तथा तलकोटका रजवार महेश्वर सिंहको कमान्डमा करिब ६०० सेना तिब्बतमा युद्ध लड्न गए ।
२) सो युद्धमा बझांगी सेनाले अति सफल लडाईं लडेर भोटेका धेरै हात हतियार समेत खोसेर बझाङ फर्किन सफल भएका थिए । बझांगी सेनाले जनरल धिर शम्शेर राणाको मातहतमा लडाईं लडेको इतिहास भेटिन्छ ।
३) भोटेका हतियार लिएर फर्केका बझांगी सेनालाई राजा भुपेन्द्रले स्याबासी दिए । उनीहरुले साथमा ल्याएका हतियार र बहादुरी काम गरेको प्रतिवेदन राजा भुपेन्द्रले श्री ३ महाराज जंग बहादुर राणाकोमा पठाए ।
४) श्री ३ महाराज जंग बहादुर खुसी भै श्री ५ लाई समेत जाहेर गरी उक्त ३ जना रजवारहरुलाई सर्दारको पद र "बझांगी बहादुर"को सम्मान दिएर सम्मानित गरे। साथै उनीहरुले तिब्बतका भोटेसँग खोसेका हतियारहरु उक्त ३ जना रजवारले नै राख्न पाउने अखित्यारी पनि दिए । ती हतियारहरु अहिले पनि ती रजवारहरुको परिवार(सन्तान)का घरमा रहेका छन भनेको सुनियो ।
५) इतिहास खाेज अनुसन्धानकाे हाम्रो टोली उक्त ३ मध्ये बझांग तलकोटमा बस्ने महेश्वर सिंहको घर (दरवार) तलकोट पुगी ईतिहास संकलन गर्दा ती हतियारहरु लाई पूजा गरेर राखेको पाइयो।

६) तलकोट पनि एकदमै किल्लाको रुपमा बनेको भेटियो । बझांगी राजा, बझांगी जनता र नेपाल र नेपालीका लागि गाैरवपूर्ण इतिहास नेपालकै अमूल्य सम्पत्तिकाे रूपमा रहेकाे छ । यसकाे संरक्षण गर्नु राज्यकाे दायित्व हाे भन्ने हामीलाई लागेकाे छ ।

प्रतिकृया दिनुहोस