काठमाडाैं । २०७९ मंसिर २६ गतेकाे अंकमा साँघु साप्ताहिकले 'जर्नेलले किन रोजे होलान् आत्महत्या ?' भन्ने प्रश्न वाचक शीर्षकमा समाचार प्रकाशित गरेकाे थियाे ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर–९ सिरडी टोलमा स्थायी बसोवास गर्ने नेपाली सेनाका रथी(अ.प्रा.) एवं साहित्यकार, बाैद्धिक व्यक्तित्व वलदेव राज महतले अकल्पनीय रुपमा आत्महत्याको बाटो रोजेर जीवन त्यागेका थिए । २०७९ मंसिर २४ गते विहान ६ बजेको आसपासमा निजी निवासको आफ्नै बेड रुममा पासो लगाएर आत्महत्या गरेको थाहा भएको थियाे ।
रथी महत निकट मित्रहरुका अनुसार, उनी २०७९ मंसिर २३ गते शुक्रबार घरपरिवार र साथी भाइसंगै सामान्य अवस्थामै चावहिलस्थित स्मार्ट क्याफे एण्ड वैंक्वेटमा आयोजित शुभ कार्यको रात्रिभोजमा सरिक भएका थिए ।
२०७९ मंसिर २३ गते रातिको विश्वकप फुटबल म्याच समेत हेरेका र सामान्य अवस्थामा रहेका र परिवासँग फुटबल हेर्ने सल्लाह गरेर काेठामा प्रवेश गरेका जर्नेल महत एक्कासी यस्तो अकल्पनीय निर्णयमा के कारणले, किन पुगे होलान् भन्ने जिज्ञासा परिवार र साथीभाइहरुले प्रकट गरिरहेका छन् ।
४/५ जना साथीहरुसँग नियमित रुपमा मर्निङवाकमा जाने गरेका जर्नेल महत आत्महत्या गर्ने विहान पनि नाइट ड्रेस चेन्ज गरेर मर्निङवाकको ड्रेसमा रहेको बताइन्छ ।
विहान अवेरसम्म बेड रुमको ढोका नखुलेपछि चिया लिएर गएका परिवारका सदस्यले ढोका ढक्ढक्याएका थिए । लामो समयसम्म कोठा भित्रबाट कुनै जवाफ नआएपछि ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । साेही दिन शिक्षण अस्पताल महाराजगञ्जमा पाेस्टमार्टम गरेपछि दाहसंस्कार गरिएकाे थियाे ।
रथी बलदेव राज महतकाे अकल्पनीय मृत्यू पश्चात २०७९ मंसिर २८ गते मंगलबार नेपाली सेनाका महारथी तथा प्रधान सेनापति प्रभुराम शर्मा सहितकाे रथीवृन्दहरू महतकाे निजी निवास पुगेर परिवारजनमा समवेदना प्रकट गर्दै दिवंगत जर्नेल महतकाे आत्माकाे चीरशान्तिका लागि कामना गर्दै श्रद्धाञ्जलि दिएका थिए ।
साथै सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माकाे नेतृत्वकाे कार्यसमितिकाे टाेली पनि महतकाे निजी निवास पुगेर परिवारजनमा समवेदना प्रकट गर्दै दिवंगत जर्नेल महतकाे आत्माकाे चीरशान्तिका लागि कामना गर्दै श्रद्धाञ्जलि प्रकट गरेकाे थियाे ।
समाचार स्राेतका अनुसार, नेपाली सेनाकाे अनुराेधमा रथी बलदेव राज महतकाे अकल्पनीय मृत्यूकाे बारेमा सत्यतथ्य छानविन गर्न सुरू गरेकाे छ । स्राेतका अनुसार, नेपाली सेनाकाे अनुराेधमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरू गरेकाे हाे ।
(रथी बलदेव राज महतकाे अकल्पनीय आत्महत्या बारेमा याे पनि पढाैं)
प्रतिकृया दिनुहोस