• शनिबार-बैशाख-१५-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

निचोड निकाल्न हतार हुँदा यसको गलत व्याख्या भयो, लाई डिटेक्टर ।
झुठो पत्तो लगाउने मेशिन ।
तर, खासमा यसको वैज्ञानिक नाम, पोलीग्राफ हो ।
जसले छाला, धमनी र श्वास प्रश्वासको चालका सूचकहरु पत्तो लगाउछ ।
मनोवैज्ञानिकहरु यसबाट तथ्य नजिक पुग्ने कोसिस गर्दछन् ।
केरकार गर्दा अभियुक्तका बयानहरु सही दिशाामा भएको बुझ्न ।
आजको दिनमा चुनाबको देउसी गायनमा
चुनाव जित्छु भनेर होमिएका माओवादी, एमाले र कांग्रेस सबै दलका
भुँई कार्यकर्ताहरुको पोलीग्राफ परीक्षण गरेर हेरियो भने
घाँसे विश्लेषक, झारपाते चिन्तक र बकम्फुसे पत्रकारहरु समेत चकित पर्ने छन ।
पोलीग्राफ गर्नुपर्ने भनि छुट्ट्याइएका कार्यकर्ताहरु
टोलटोल  र बस्तीबस्तीमा सुतुरमुर्ग शैलीमा आफूलाई टंग्याएर बसेको भेट्नु हुनेछ ।
र, तिनै पोलीग्राफ सूचकहरुलाई थोप्ला थोप्लामा जोड्दै चित्र उतार्न बस्नु भयो भने
मुलुकले राजनैतिक कोर्ष फेर्न खोजेको देख्न सक्नु हुनेछ ।
सही र गलत के हो निचोडमा पुग्ने बेला भइसकेको छैन ।
यसलाई आत्तिने तहमा पनि बुझ्नु हुन्न ।
स्वभाविक र सामयिक दुबै गतिमा यो फेरिंदो छ ।
नेपालमा विगत तिस वर्षमा गरिएको राजनैतिक प्रयोग
पद्धति जोगाउन गरिएको तिगडम मात्रै थियो, बुझ्दा हुन्छ ।
आजको दिनमा,
हाम्रो राजनैतिक पद्धति यहीँनै चुक्दै गएको देखिंदो छ ।
मतदान कसको पक्षमा गयो, जान सक्छ वा जित हुन्छ ।
त्यो गौण विषय हो ।
टोलटोल र बस्ती बस्तीमा छरिएका कार्यकर्ताहरुको मनोदशा
तिनीहरुले सामना गरिरहेका सवालहरुको एकमुष्ट जवाव
अहिलेको चुनावको नतिजाले दिन खोजिरहेको छ ।
जसबाट भाग्न मिल्दैन ।
आजका निर्दोष र सुधो मतदाताहरुले
राजनैतिक शासन पद्धतिको विरोधमा हाल्न खोजेको विषालु भाइरस
त्यो स्वयम् मै परिवर्तनको आतुर निचोड हो, कि
मुलुकको पराधीन सोचको उत्सर्जन 
निचोड निकाली हाल्नु हतारो हुन्छ ।
तर, मतदानको बेला
माओवादी, एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरुमा देखिएको निराशाले
एउटा कुरा ठोकुवा गर्न मिल्छ ।
यो चुनावमा मुलुकको राजनैतिक पद्धति हारिरहेको छ ।
२०४६ सालमा जन्मिएको बच्चो नै बाउ भइसकेको अवस्था हो ।
भन्नु परोइन, कुन चाहिं कालरात्रिको कुरा गर्ने हो ।
अँध्यारो त जहिल्यै यो धर्तीमा पाक्षिक मात्रै हुने हो ।
अब कसैलाई पनि झुक्याउन सकिन्न ।
हाम्रो राजनैतिक पद्धति यहिंनेर चुक्दो हो ।
संविधान त्यसै पनि प्रदेशका लागि परेको भोटले बाइफाले भा’छ ।
जतिञ्जेल तिकडम गरेर स्याहार्न खोज्नु हुन्छ
चोट मुलुकलाई नै पर्ने हो । 
मुलुकले नै फुटेको हाँडीका टुक्रा बटुल्नु पर्ने हो ।

 

प्रतिकृया दिनुहोस