• बिहीबार-बैशाख-१३-२०८१

यी हुन् कलेजो खराब गर्ने चिज

 

चिनी : अत्याधिक रुपमा रिफाइन्ड चिनी तथा हाई फ्रुक्टोज फ्याट खानाले कलेजोमा असर गर्न सक्दछ । 


हर्बल सप्लिमेन्ट : विशेषज्ञका अनुसार केही यस्ता प्राकृतिक जडिबुटीहरुले पनि हेपाटाइटिस तथा कलेजोको समस्या सिर्जना गर्न सक्दछ । त्यसैले चिकित्सकको परामर्श गरेर मात्र जडिबुटी सेवन गर्नुपर्दछ । 


मोटोपन : कलेजेको कोषहरुमा बोसो जम्ने कारणले गर्दा नन–अल्कोहलिक फ्याट्टी लिभर रोगको खतरा हुने गर्दछ । 


सेतो पाउरोटी तथा पास्ता : पास्ता, ब्रेड, बिस्कुट सबै रिफाइन गरिएको पिठोबाट बन्ने गर्दछ, जसले फ्याट्टी लिभरको समस्या बढाउने गर्दछ । 


भिटामिन ए सप्लिमेन्ट : फल तथा सब्जीहरुबाट भिटामिन ए को सप्लिमेन्ट शरीरले धेरै प्राप्त गरेमा पनि कलेजोलाई असर पु¥याउन सक्दछ ।

 
सफ्ट ड्रिंक : सफ्ट ड्रिंकहरु धेरै पिउने गरेपनि नन–अल्कोहलिक फ्याटी लिभरको समस्या बढ्न जान्छ । 


पेन किलर : पेन किलर धेरै खाँदा यसमा हुने एसिटामिनोफेनले कलेजो खराब गर्न सक्दछ । त्यसैले चिकित्सकको आवश्यक सल्लाहअनुसार मात्रै पेनकिलर प्रयोग गर्नुपर्दछ । 


किसमिस : सुगर र क्यालोरीयुक्त किसमिसको धेरै सेवन गर्दा कलेजोलाई असर पर्न सक्दछ । 


अल्कोहल : कलेजोलाई सुरक्षित राख्ने हो भने रक्सीको निकै कम सेवन गर्नुपर्दछ । 


डाइट सोडा : डाइट सोडामा हुने कृत्रिम चिनीको मात्राले कलेजोको रोग निम्त्याउन सक्दछ । 

प्रतिकृया दिनुहोस