• शुक्रबार-बैशाख-१४-२०८१

आन्तरिक राजश्व वृद्धिको लक्ष्यमा आघात ! : डीजी शाक्य र भट्टको गोप्य साँठगाँठ

 

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्य र बिवादस्पद ठेकेदार दीपक भट्टका बिचमा हिमचिम बाक्लिएको खवर छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका हतियार तथा बन्दोवस्तीका सामग्री सप्लायर्स गर्ने बिचौलिया व्यवसायी दीपक भट्ट बीच हिजोआज अनौठो रुपमा साँठगाँठ बढ्दै गएको स्रोत बताउछ । जो सत्तामा आयो उसैको नजिक हुँदै आएका र हाल जनार्दन शर्मा निकट भएर शुभलाभ प्राप्त गर्दै आएका बिचौलिया भट्टले ठुला उद्योगी र व्यवसायीका राजस्व विवाद मिलाउने र राजस्व छलि गर्नमा सहयोग गर्दै आएको आरोप छ । ठुला व्यवसायी, उद्योगी एवं व्यवसायीहरूसँग आधा भन्दा कम राजस्व तिरेर उन्मुक्ति दिलाउन बिचौलिया भट्टले विभागका महानिर्देशक शाक्यलाई प्रभोलनमा पार्दै आएको विभाग स्रोतले जानकारी दिएको छ ।


 हतियार सप्लाईमा चासो राख्दै आएका भट्ट र महानिर्देशक शाक्यबीच अहिले दैनिक जस्तो बालुवाटारको एक होटलमा भेटघाट गरी राजस्वका विवाद मिलाउने डिलिङ हुने गरेको बताइएको छ । संखुवासभा जिल्ला घर भई हाल मोरङ जिल्लाको उर्लाबारी घर भएका शाक्यले भट्टसँग साँठगाँठ गरी राजस्वमा अनियमित चलखेलको काम गर्ने गरेको आरोप बिभागका कर्मचारीले लगाएका छन । शाक्यलाई तत्कालीन अर्थ मन्त्री कृष्ण बहादुरको पालामा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बनाइएको थियो । 


 आफूलाई तत्कालीन नेकपा (माले)का क्रान्तिकारी नेता बासु शाक्यका आफन्त दाबी गर्ने शाक्य विभागको डीजी भएपछि भ्याट, आयकर र अन्तशुल्क राजस्व लक्ष्य अनुसार असुल भएको छैन । उनी राजस्व प्रशासनमा खासै अनुभव नभएका अधिकृत भएको कर्मचारी बताउँछन । उनलाई अर्थ मन्त्री जनार्दन शर्माले जवर्जस्त रुपमा विभागको महानिर्देशक बनाएका थिए । शाक्य महानिर्देशक भएपछि विभागले लक्ष्य अनुसार भ्याट, आयकर र अन्तशुल्क गरेर  रु. ५२ अर्ब(आधा खर्ब)उठाउन नसकेको बताइन्छ ।

 

आर्थिक वर्ष राजश्वको लक्ष रु. ५ खर्ब ३७ अर्ब रहेकोमा ४ खर्ब ८३ अर्ब मात्रै उठेको बताइन्छ । यस आ.व. को साउन र भदौमा रु. ३९ अर्ब लक्ष रहेको भएपनि जम्मा ३३ अर्ब मात्रै संकलन हुन सकेको अथै स्रोत बताउछ । आर्थिक वर्ष २०७९÷०८० को राजश्व वृद्धि ३० प्रतिशत आंकलन गरिएकोमा जम्मा १० प्रतिशत मात्रै बृद्धि भएको स्रोत बताउछ । साथै, डीजी शाक्यले राजश्व बढी उठ्ने गरी कुनै नयाँ  कार्यक्रम र योजना पनि ल्याउन सकेका छैनन् । आन्तरिक राजश्व स्रोत भन्छ, डीजी शाक्यको ध्यान लक्ष अनुसार राजश्व उठाउने वा  बृद्धि गर्नेतर्फ गएको छैन । 


  महानिर्देशक शाक्य र हतियार सप्लायर्स भट्टकै मिलेमतोमा अर्थ मन्त्रालयको राजस्व सचिवमा रामेश्वर दंगाललाई लगिएको चर्चा अर्थ मन्त्रालय परिसरमा चल्ने गरेको छ । मन्त्री शर्मासँग मिलेर काम गर्न राजस्व विज्ञ कुनै पनि सचिवले मन्त्रालय जान नमानेपछि दंगाल सहमत भएका थिए । 


अर्थ मन्त्रालयमा राजस्व प्रशासनप्रति जानकार र अनुभवी सिनियर सचिवहरू कोही जान नमानेपछि जुनियर कृष्णहरि पुस्कर मातहत वस्न नमानेकै कारण उनलाई राजस्व सचिवबाट अर्थ सचिव बनाइएको थियो । त्यसपछि जुनियर सचिव दंगाललाई महानिर्देशक शाक्य र विचौलिया भट्टले अर्थ मन्त्रालयको सचिव बनाएको चर्चा चुलिएको छ ।

 

तुलनात्मक रुपमा सोझा र इमान्दार सचिव दंगाललाई प्रयोग गरी सरकारी राजस्व छलि गर्नेहरूले उपयोग गरिरहेका छन् । दंगाल गृहका क्याडर हुन । उनी भन्सार विभागको महानिर्देशक, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सहसचिव एवम् प्रवक्ता र प्रदेशको प्रमुख सचिव भएर जिम्मेवारी पूरा गरिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस