काठमाडौं । चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा ‘हैट’ थेगोले चर्चित बनेका कलाकार बुद्धि तामाङले बिहे गर्ने भएका छन् । तामाङले कौशलटारस्थित एक पार्टी प्यालेसमा भोलि शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् ।
मागी विवाह गर्न लागेका तामाङको परिवारले नै अनु थिङको परिवारसँग विवाहको प्रस्ताव राखेको थियो । स्नातकोत्तर गरेकी अनु थिङ ३० वर्षकी छिन् ।
कबड्डी, छक्कापञ्जालगायतका चर्चित फिल्महरुमा अभिनय गरेका तामाङले लामो समय कला क्षेत्रमा बिताइसकेका छन् ।
प्रतिकृया दिनुहोस